काठमाडौं– सर्वोच्च अदालतले सिधा कुरा अनलाइनले एक्सक्लुसिभ भन्दै प्रकाशित गरेको “चार सय बढी भ्रष्ट्राचार मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अप्रेसन” शीर्षकको सामग्री २४ घण्टाभित्र हटाउन आदेश दिएको छ।
Advertisement
न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले सिधा कुरा डटकमका प्रकाशक र सम्पादकलाई बयानका लागि झिकाउने आदेश पनि गरेको छ। वैशाख २० गते बिहान १० बजे आफूसँग भएका प्रमाणहरू लिएर उपस्थित हुन आदेश गरेको हो।
त्यस्तै इजलासले सिधा कुराका सम्पादक र प्रकाशकविरुद्ध परेको रिट फौजदारी दायरीमा दर्ता गर्न पनि आदेश दिएको छ।
सर्वोच्चले यस विषयसँग सम्बन्धित अन्य कार्यक्रम मुद्दाको अन्तिम निर्णय नभएसम्म उत्पादन प्रसारण पुन प्रसारण लगायत सार्वजनिक गर्ने कुनै कार्य नगर्न पनि आदेश गरेको छ।