काठमडौँ । झापाको बुद्धशान्ति गाउँपालिकाबाट ठूलो परिमाणमा औषधिसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम सूर्योदय ३ का ३० वर्षीय सइन्द्र राई रहेका छन् ।
Advertisement
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार शुक्रबार साँझ इलामबाट झापातर्फ आउँदै गरेको मे १ च ६८३३ नंको पिकअप गाडीमा माथिबाट छुर्पी र घिउको बोराले छोपेर अवैध औषधि ल्याउँदै गर्दा राई पक्राउ परेका हुन् । उनका साथबाट ७० लाख ७८ हजार रुपैयाँ बराबरको ११ प्रकारका औषधि बरामद गरिएको छ ।
बरामद औषधि र पिकअप गाडीलाई नियन्त्रणमा लिएर औषधि व्यवस्था विभाग शाखा कार्यालय विराटनगर पठाउने तयारी भइरहेको उनले बताए ।