काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो सात महिनामा करिब १३ अर्ब रुपैयाँको धान आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार कूल १२ अर्ब ४६ करोड ३४ लाख रुपैयाँको धान आयात भएको हो ।
Advertisement
केही वर्षदेखि लगातार धान, चामल र धानका बीउको आयात बढ्दै गएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा भारतबाट मात्रै ४२ करोड ५२ लाख ५७ हजार केजी धान आयात भएको छ ।
यस्तै, बंगलादेशसहित देशबाट नेपालमा धान आयात आयात भएको भन्सार विभागले जनाएको छ ।