काठमाडौं- झापा अर्जुनधारा नगरपालिका-६ पाथिभरा टोल बस्ने प्रदिप मित्तलको घरमा पार्किङ गरी राखेको प्रदेश-१-०१-०१६ प ३३९६ नम्बरको स्कुटरमा सोमबार बिहान आगलागी हुँदा स्कुटर पूर्णरूपमा जलेर क्षति भएको छ ।
सल्यान बनगाड कुपिण्डे नगरपालिका-११ घरेली रातामाटास्थित दुई खोलाको जंगलमा आइतबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ४२ वर्षीया धनमाया कामीको गोठमा समेत आगलागी हुँदा करिब १ लाख २५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । साथै उक्त आगलागीबाट सोही ठाउँस्थित कालाखोला खानेपानी आयोजनाको पाईप समेत जलेर करिब ६८ हजार ४ सय रूपैयाँ बराबरको क्षति भएको छ ।
धादिङ धुनिवेशी नगरपालिका-६ कालिदेवीस्थान बस्ने कबिता बानियाँको घरमा विद्युत सर्ट भई सोमबार बिहान आगलागी हुँदा घर, घरमा रहेको अन्नपात, लत्ताकपडा जलेर पूर्णरूपमा नष्ट भएको छ । क्षतिको विवरण हाल खुलेको छैन ।