कैलाली । जिल्लाको धनगढीमा एक व्यक्तिको हत्या गरी फालिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्दै हत्या आरोपमा पक्राउ गरिएका दुई जनालाई सार्वजनिक गरेको हो ।
Advertisement
पक्राउ पर्नेमा बाजुराको खप्तड छेडदहका राजेन्द्र बुढा र भूपेन्द्र बुढा रहेका छन् । एसपी विश्व अधिकारीका अनुसार बुढाद्वयले मिलेर भारतीय नागरिक कुलदीप गुप्ताको हत्या गरेको अनुसन्धानबाट खुलेको छ । सोमबार धनगढी उपमहानगर ५ शिवनगर र जाई जोड्ने सडक छेउको नालीमा भारतको उत्तरप्रदेशस्थित शाहजापुराका अन्दाजी ४२ वर्षीय गुप्ताको शव फेला परेको थियो ।
गुप्ता धनगढी शिवपुरी धाम नजिक डेरा गरेर बस्दै आएका थिए ।