• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

चैतेदशैंमा बागलुङ कालिका मन्दिरमा धार्मिक पर्यटकको घुइँचो


बिहिबार, चैत २९, २०८० मा प्रकाशित

बागलुङ– चैतेदशैं सुरु भएसँगै कालिका मन्दिरमा भक्तजनको घुइँचो बढ्न थालेको छ। चैतेदशैंमा कालिका मन्दिर दर्शन गर्न आउने धार्मिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो।

Advertisement

मङ्गलबारदेखि नवरात्र सुरु भएको छ। चैतेदैसैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको पूजाउपासना गरिन्छ। चैतेदसैँमा बागलुङ कालिका मन्दिरमा भने विशेष पूजाआराधना हुने भएकाले टाढाटाढाबाट भक्तजनहरू आउने गर्छन्।

चैतको नवरात्रमा पनि बागलुङ कालिकाको पूजाआराधना र बलि दिइँदा आँटेको पुग्ने जनविश्वास रहेको छ। गण्डकी प्रदेशको मुख्य शक्तिपीठका रुपमा रहेको यहाँस्थित कालिका मन्दिरमा चैतेदसैँ सुरु भएपछि भक्तजनको घुइँचो लाग्न थालेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए।

“आज चैतेदसैँको तेस्रो दिन हो। बिहानै एक हजार दुई सय जना मन्दिर परिसरमा भक्तजन हुनुहुन्थ्यो। चैतेदसैँमा यस मन्दिरको सबैभन्दा बढी धार्मिक पर्यटक आउने गर्दछन्, त्यसपछि वडादसैंमा बढी घुइँचो हुन्छ”, खड्काले भने, “यहाँ यही चैत ३० गतेदेखि ऐतिहासिक चैतेदसैँ मेलासमेत आयोजना गरिएको छ। भक्तजनको चापलाई मध्यनजर गरेर सवारी पार्किङ, सुरक्षालगायतको व्यवस्था मिलाइएको छ।”

उनका अनुसार मन्दिरलाई सजाइएको छ भने सत्तल, मठ र अन्य स-साना मन्दिरसमेत चिटिक्क पारिएको छ। मेला हेर्न र मन्दिरको दर्शन गर्न आउने गरी करिब पाँच लाख धार्मिक पर्यटक बागलुङ भित्र्याउने गुठीको लक्ष्य रहेको उनले बताए।

चैतेदसैँका समयमा बागलुङ कालिका मन्दिरमा पूजाआजा गर्नका लागि नेपालसँगै छिमेकी मुलुक भारतबाटसमेत धार्मिक पर्यटक आउने गर्छन्। मन्दिरमा चैतेदसैँ र वडादसैँमा विशेष पूजाआजा हुने भएकाले यही समयमा धेरै भक्तजनको घुइँचो लाग्ने गरेको छ। उक्त मन्दिरमा बोका, राँगो, कुखुरालगायतको बलि चढाइनाका साथै शान्तिको प्रतीक परेवा उडाउने गरिन्छ।

चैतेदसैँका अवसरमा लाग्ने तीन सय वर्ष पुरानो मेला नजिकिएसँगै आयोजकले मेलाको तयारी अन्तिम चरणमा पुर्‍याएको छ। चैत ३० गतेदेखि आगामी वैशाख ६ गतेसम्म सञ्चालन हुने उक्त मेलामा नयाँ वर्षको कार्यक्रमलाई समेत समेटिएको छ। मन्दिर परिसरमा लाग्दै आएको मेलाको तयारीलाई अन्तिम चरणमा पुर्‍याइएको गुठी व्यवस्थापन समितिले जनाएको छ।

‘गन्तव्य बागलुङ कालिकाः कला र संस्कृतिको प्रवर्द्धन-स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ यस वर्षको चैतेदसैँ मेला आयोजना गरिएको हो।

मेलाको मुख्य आकर्षणका रुपमा यसपटक खुला राष्ट्रिय लोकदोहरी प्रतियोगिता, खुला राष्ट्रिय भलिबल प्रतियोगिता रहेका समितिका अध्यक्ष खड्काले जानकारी दिए। मेलामा स्थानीय कलासंस्कृति झल्कने झाँकीसमेत प्रदर्शनको व्यवस्था मिलाइएको बताउँदै उनले स्थानीय सामग्री डोको, नाङ्लो ठेका, डालालगायतको व्यापारलाई निःशुल्क स्टल उपलव्ध गराइएको बताए।

“मेलाको इतिहासमै सबैभन्दा बढी लोकदोहरी प्रतियोगिताको समूह दर्ता भइसकेको छ। ३४ समूह प्रतिस्पर्धामा आउने भनेको हाम्रा लागि ठूलो गौरवको कुरा हो, दोहोरीको पुरस्कार राशि दुई लाख राखेका छौँ”, खड्काले भने, “खुला राष्ट्रिय भलिबलमा विभागीय टिमसहित १२ समूह प्रतिस्पर्धाका लागि दर्ता भइसकेका छन्। नयाँ वर्ष २०८१ साललाई स्वागत गर्नका लागि अघिल्लो रात १२ बजेसम्म सांस्कृतिक कार्यक्रम गरिनेछ।”

लोकदोहोरी प्रतियोगितामा प्रथम हुनेलाई दुई लाख, र द्वितीयलाई एक लाख, तृतीय हुनेलाई ५० हजार र उत्कृष्ट स्वर हुने महिला र पुरूष तथा उत्कृष्ट वेषभूषा महिला र पुरूषलाई पाँच/पाँच हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

ऐतिहासिक चैतेदसैँको दोस्रो आकर्षणका रुपमा कालिका कप खुला भलिबल प्रतियोगिता आयोजना गरिएको छ। गुठी व्यवस्थापन समितिको आयोजनामा तीन लाख पुरस्कार राशिको उक्त प्रतियोगिताको आयोजना गरिएको छ। प्रतियोगितामा द्वितीय हुनेले एक लाख ५० हजार र तृतीय हुनेले एक लाख पाउने छन्। सर्वोत्कृष्ट र अनुशासित खेलाडीलाई पाँच/पाँच हजार पुरस्कार प्रदान गरिने खड्काले जानकारी दिए। उनका अनुसार खेलाडीलाई आवास र भत्ताकोसमेत व्यवस्था गरिएको छ।

सात दिनसम्म सञ्चालन हुने मेलामा पाँच लाख धार्मिक पर्यटक भित्रिने र एक करोडभन्दा बढीको आर्थिक कारोबार हुने लक्ष्य लिइएको छ। साथै मावि (कक्षा १० सम्म) स्तरीय सामूहिक नृत्य, छेलोलगायतका प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ।

बिहिबार, चैत २९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

भर्खरै

  • १.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • २.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ३.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ४.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ५.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ६.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ७.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ८.
    तरकारीको विषादी परीक्षण बढाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.