काठमाडौँ । संखुवासभाको मादी नगरपालिका ६ मा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । घटनामा पाँच जना घाइते भएका छन् ।
Advertisement
मादी ६ को सातघुम्तीमा भएको बस दुर्घटनामा परेर हालसम्म १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । आज बिहान साढे ७ बजे ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको थियो ।
मृतकको पहिचान हुन सकेको छैन । बस दुर्घटनामा परेका पाँच जनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृतकबारे विवरण संकलन भइरहेको प्रहरीले बताएको छ ।
बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ । घटना स्थलमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् ।