काठमाडौँ । संखुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । मादी नगरपालिका ६ को पुलुड्डस्थित सात घुम्तीमा बस दुर्घटना भएको हो ।
Advertisement
अहिलेसम्म दुर्घटनामा मृत्यु भएका १३ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन् । दुर्घटनामा पाँच जनाको जीवितै उद्धार गरिएको छ ।
स्थानीयबासीका अनुसार बसमा करिब १९ देखि २१ जना यात्रु थिए । बस सडकबाट करिब तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कति जनाको मृत्यु भयो भन्ने विवरण आउन सकेको छैन । क्षतिको यकिन विवरण आइनसकेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए ।