• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

दम्पती हत्या- लुटपाटको उदेश्यले हत्या, सोधपुछका लागि २ आफन्त नियन्त्रणमा

बुधबार, चैत २१, २०८० मा प्रकाशित

पर्वत– पर्वतको जलजला गाउँपालिका २ मल्लाजको दहमा आफ्नै घरमा सुतिरहेका दम्पतीको हत्या प्रकरणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। मंगलबार स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती अन्दाजी ६७ वर्षीया कमला जिसी आफ्नै घरभित्र मृतावस्थामा भेटिएका थिए।

Advertisement

दम्पतीको हत्या लुटपाट गर्ने उद्देश्यले भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ। सुर्यबहादुरले लगाएको सुनको औँठी तथा कमलाको सिक्री र कानको रिङ लुटिएको खुलेको छ।

प्रहरीले शंकास्पद व्यक्तिहरूसँग सोधपुछ गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय पर्वतले अनुसन्धानको क्रममा सोधपुछका लागि शंकास्पद दुई आफन्तलाई नियन्त्रणमा लिइएको बताएको छ। हत्यापछि उनीहरू त्यहाँ नदेखिएकोले प्रहरीले उनीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताएको छ।

हत्या भएका दम्पतीको शव बिहान ९ बजे भेटिएको थियो भने दुवै जना रगताम्य अवस्थामा भेटिएका थिए। स्थानीयले श्रीमान-श्रीमती नै मृतावस्थामा देखेपछि जिल्ला प्रहरी कार्यालय पर्वतमा खबर गरेका थिए। स्थानीयको खबर लगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतवाट गएको टोलीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले बताए।

घरभित्र दम्पती मृत फेला परेका थिए भने घरको ढोकामा भने बाहिरबाट ताल्चा लगाइएको थियो। उनीहरूको टाउको र घाँटीमा चोट भेटिएको प्रहरीले जनाएको छ। हत्यामा प्रयोग भएको हँसिया प्रहरीले बरामद गरेको छ।

घरमा जिसी दम्पती मात्रै बस्दै आएका थिए। दम्पतीका २ छोरा वैदेशिक रोजगारीका लागि कोरिया गएका र एक छोरा म्याग्दीको बेनीबजारमा बस्दै आएका छन्।

बुधबार, चैत २१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ३.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ४.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ५.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७.
    टिपरको ठक्करबाट मृत्यु

  • ८.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.