लमजुङ- सुन्दरबजार नगरपालिका-९ फुलबारीस्थित सडक माथिबाट खसेको पहिरोमा पुरिएर मकवानपुर मनहरी गाउँपालिका-२ घर भई सोही सडकमा लेवर काम गर्ने ४० वर्षीय सुरेश स्याङ्तानको मृत्यु भएको छ ।
Advertisement
डुम्रे-बेसिशहर सडकखण्डको नाला खन्ने क्रममा पहिरो जाँदा उनी र मनहरी गाउँपालिका-२ घर भएका ३९ वर्षीय सूर्य बहादुर स्याङताङ पुरिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उद्धार गरी उपचारको लागि भोटीओडार अस्पताल पठाएकोमा उनको उपचारको क्रममा सुरेशको मृत्यु भएको हो । साथै सूर्य बहादुर स्याङताङको सोही अस्पतालमा उपचार भइरहेको छ ।