काठमाडौँ । बारामा आर्थिक वर्ष ९७८–७९ मा दुई अर्ब ३७ करोड ४४ लाख बराबरको आलु फलेको छ । करिब एक लाख १९ हजार मेट्रिक टन आलु उत्पादन भएको हो ।
Advertisement
कम लगानीमा बढी लाभ हुने उखु, मत्स्य पालनतर्फ कृषक लागेकाले यस वर्ष आलु खेतीमा ३० हेक्टरले कमी हुन गएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
आव ०७८–७९ मा बाराका कृषकले कूल सात हजार ४२० हेक्टर क्षेत्रफलमा विभिन्न जातको आलु खेती गरी प्रतिहेक्टर १६ मेट्रिक टन उत्पादन भएको ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए ।
जिल्लाको हरिहरपुर, गोलागञ्ज, अमृतगञ्ज, देवापुर, टेटा, उचिडिहलगायत स्थान आलु खेतीको पकेट क्षेत्र मानिन्छ ।