• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ ३०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

तीजको कोसेलीः कर्णालीको स्याउ

बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

आयुर्वेद औषधालयमा बिरामीको चासो र विश्वास बढ्दै


मङ्गलबार, फागुन २४, २०७८ मा प्रकाशित

काठमाडौं- पूर्वजहरूले प्रयोग गर्दै आएको आयुर्वेद अहिलेको पुस्तासम्म आइपुग्दा प्रयोगमा निकै कमी आएको छ । अस्पताल स्थापनाभन्दा पहिले सञ्चालनमा आएका अधिक आयुर्वेद औषधालय वर्षौँदेखि प्रयोगविहीन अवस्थामा पुगेका छन् ।

Advertisement

कोरोना महामारी भन्दा पहिला नगन्य मात्रामा बिरामी आउने आयुर्वेद औषधालयमा अहिले बिरामीको चासो र विश्वास बढ्न थालेको छ ।

बागलुङको कूल जनसङ्ख्याको १० प्रतिशतले मात्रै आयुर्वेदको माध्यमबाट उपचार गराउँदै आएकामा अहिले यसको सङ्ख्या क्रमशः बढ्दै गएको छ । हजुरबुवा–हजुरआमाको पालामा प्रशस्त प्रयोग गरिएको औषधिको कोरोनाकै कारण पुनः खोजी र प्रयोग गर्ने क्रम बढेको हो ।

कोरोनाकालअघिसम्म फुर्सदिला देखिने औषधालयका कर्मचारी अहिले व्यस्त छन् । आफैँ औषधि उत्पादनदेखि विद्यार्थीलाई योग प्रशिक्षण तथा आयुर्वेद शिक्षाका आयुर्वेद औषधालयका कर्मचारी व्यस्त भएको देखिन्छन् ।

नागरिकहरुमा पनि आयुर्वेदभन्दा एलोपेथिक औषधिप्रतिको बढी भरोसा थियो । तर पछिल्लो दुई वर्षयता आयुर्वेदप्रति नागरिकको भरोसा बढ्दै गएको छ । कोरोनाकालमा गुमनाम भएको आयुर्वेद औषधि बेसार, गुर्जो, असुरो र अश्वगन्धालगायत चर्चामा रहे ।

सक्रिय सङ्क्रमितको समयमा कोरोनाको औषधिका रूपमा धेरैले आयुर्वेद औषधिको प्रयोगमात्रै गरेनन्, औषधिको प्रयोगले कोरोना जितेको अनुभव छ बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी पुनको ।

“बाजे, हजुरबुवा, आमाले आयुर्वेद औषधिमा भर परेको हामीलाई थाहा थियो तर, हामीले अहिले विश्वास गरेका थिएनौँ”, उहाँले भन्नुभयो, “आफैँलाई कोरोना लागेपछि आयुर्वेदको प्रयोग गरियो, अहिले आयुर्वेदले विश्वास जित्दै गएको छ ।”

आयुर्वेद औषधिको प्रयोग गर्ने क्रम उल्लेख्य बढेको धवलागिरि आयुर्वेद औषधालय बागलुङले जनाएको छ । कार्यालयले यस क्रममै सङ्क्रमितको हात–हातमा आयुर्वेद औषधि पुर्‍याउने अभियान चलाएको थियो ।

कोरोनाले गर्दा नै पुनः एकपटक आयुर्वेद चिकित्साले नागरिकको भरोसा जित्न सफल भएको औषधालयका प्रमुख डा सरोज रायले जानकारी दिनुभयो । “दैनिकरूपमा आयुर्वेद औषधि प्रयोग गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ, विशेषगरी कोरोनाका कारण नागरिकमा आयुर्वेद चेतनाको वृद्धि भएको छ”, उहाँले भन्नुभयो, “नागरिकको बेवास्ताका कारण गुमनाम बनाइएको गुर्जो, बेसार, जेष्ठवासादी, याष्टीमधु अहिले पुनः प्रयोगमा आएका मात्रै छैनन् नागरिकले खोजी–खोजी प्रयोग गर्न थालेका छन् ।”

कोरोनाले आयुर्वेद औषधिप्रतिको भरोसासमेत बढाउँदै लगेको र लोपोन्मुख जडीबुटीको समेत संरक्षणमा टेवा पुर्‍याउने उहाँको भनाइ छ । गुर्जो गुमनामजस्तै थियो तर कोरोनामा एकाएक चर्चामा आयो, अहिले कतिपय स्थानमा गुर्जोखेतीसमेत गर्दै आएको पाइएको छ ।

कोरोना सङ्क्रमित भई होमआइसोलेशनमा बसेकाले कुनै न कुनै हिसाबले आयुर्वेद औषधि तथा औषधिजन्य पदार्थ सेवन गरेको डा रायको दाबी छ । गुर्जो, टिमुर, बेसारपानी, पुदिना, बोझो, दालचिनीजस्ता आयुर्वेद औषधिको प्रयोग गरेर धेरैले कोरोनालाई जितेका थिए । औषधालयमा आउने नागरिकलाई आयुर्वेदिक औषधि, आहारविहार र योग तथा मनोसामाजिक परामर्श दिएर उपचार गरिरहेको औषधालयले जनाउँदै आएको छ ।

कोरोनाका समयमा औषधालयको सेवा नपुगेको बरेङ, काठेखोला, ताराखोला, बडिगाड गाउँपालिकामा समेत नागरिक आरोग्य सेवा केन्द्र, पालिकाको स्वास्थ्य शाखा र अस्थायी कोभिड अस्पतालमार्फत औषधि पठाई सेवा दिइएको थियो ।

औषधालयले उत्पादन गरेको आयुर क्वाथ, गुर्जो, जेष्ठवासादी, याष्टीमधु मिश्रण, अश्वगन्धा, गुडुची अमालाकी चुर्णलगायतका सङ्क्रमणबाट बच्न र रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण गरेको थियो ।

मङ्गलबार, फागुन २४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची
भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता
आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?
विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान
राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान
तीजको कोसेलीः कर्णालीको स्याउ

भर्खरै

  • १.
    प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

  • २.
    भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

  • ३.
    आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

  • ४.
    विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

  • ५.
    राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ६.
    तीजको कोसेलीः कर्णालीको स्याउ

  • ७.
    बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

  • ८.
    स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.