• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

होलीको दिन शुक्लाफाँटा जलाइयो ‘होल्का’


सोमबार, चैत १२, २०८० मा प्रकाशित

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका-३ जोनापुरका मनिराम डगौरा आज बिहानै होल्का (होलिका) जलाएको ठाउँबाट खरानी ल्याएर घर आएका छन्।

Advertisement

होलीको रङ लगाउनुअघि उनले घरपरिवारलाई होलिका जलाएको खरानी देउथनुमा(देवस्थान)मा चढाएर ढोग गरेपछि मात्रै उक्त खरानीसहित परिवारलाई रङ लगाइदिए।

होलिका जलाउने कार्यलाई थारु भाषामा ‘होल्का डुङ्ना’ भन्ने गरिन्छ। वर्षौं पुरानो यो चलन थारु समुदायमा पुस्तान्तरण हुँदै अहिले पनि रहिआएको मनिरामले बताए। होल्का जलाएको खरानी घरपरिवारमा प्रसादका रुपमा लगाएपछि मात्रै रङको होली खेल्ने परम्परा यहाँका थारु समुदायमा रहेको उनले बताए।

आइतबार साँझ मनिरामलगायत गाउँका थारु समुदायले देउथानमा होलिका जलाउने कार्य गरेका थिए। जल्दै गरेको होलिकाबाट गुइँठामा आगो ल्याएर घरमा नयाँ आगो भित्र्याइएको मनिरामले बताए।

“हिजो बिहानै वरघरको घरमा जम्मा भयौँ”, उनले भने, “तेल, गुड, ल्वाङ र गहुँको पिठोमा मिसाएर निरहार रहेका गाउँका एक जनालाई बम्ना (बाहुन) बनाएर एकपल्टे (एकातर्फ मात्रै पाकेको) रोटी पकायौँ। बेलुका गाउँको देउथानमा परम्परागत विधिअनुसार होल्का डुङ्ना गरेपछि नयाँ आगो भित्र्याएका छौँ।”

नयाँ आगो घरमा ल्याएपछि कुल देवताको स्मरण गर्दै मदिरा, जल, अगरबत्तीलगायत चढाएर पूजा गरेपछि चुल्होमा नयाँ आगो बाल्ने कार्य गरिएको मनिरामले बताए। उनका अनुसार देउथानमा बालेको नयाँ आगो घरघरमा भित्र्याउने चलन थारु समुदायमा छ। होलीका बेला भित्र्याइएको आगो तापेमा घरमा सुख शान्ति हुने र रोग व्याधी हटेर जाने जनविश्वास रहेको उनले बताए।

“सिमलको हाँगा गाडेर राखिएको ठाउँमा तोरीको डाँठलगायतले बेरेर ठूलो थुम्को बनाएर राखिन्छ। थारु गाउँका गुरुवा, वरघरघरियाले देउथानमा रोटी, गुडले पूजा गरी दियो बालेपछि परिक्रमा गर्छन्। यसरी परिक्रमा सकेपछि उक्त थुम्कोमा आगो लगाउने गर्दछन्”, स्थानीय गहनु चौधरीले बताए।

आगो भने गाउँको दक्षिणतर्फ रहेको क्षेत्रमा बाल्ने गरिएको उनले बताए। आगो लगाउन आएका सबैलाई रोटी र गुड प्रसादका रुपमा समान बाँड्ने चलन रहेको उनले बताए।

घरघरमा आगो लग्न आएका व्यक्तिले हिँड्दै गर्दा बाटोमा छाडेको आगो निभाउने गरिन्छ। आगलागीलगायत घटना नहुन् भनेर बाटोमा छुटेको आगो निभाइने चौधरीले बताए। होलीका जलाएको ठाउँमा आज गाउँका महिला तथा पुरुषले लोटामा पानी लगेर त्यस ठाउँमा रहेको आगो बह्रनी (एक प्रकारको झाडु) ले निभाउने र उक्त ठाउँ सफा गरेका छन्।

घर परिवारमा खरानीको टिका लगाइसकेपछि होलीको रङ लगाएर एक आपसमा खुसियाली साटासाट गर्ने र होली खेल्ने काम भइरहेको जोनापुर गाउँका भलमन्सा सुरेश चौधरीले बताए। “यतिबेला एक अर्कामा रङ लगाउँदै ढोगसलाम गर्ने काम भइरहेको छ”, उनले भने, “रमाइलोका लागि विगतको जस्तो हिलो छयाप्ने कामलाई निरुत्साहित गर्दै आएका छौँ।”

रङ लगाएर रमाइलो गर्ने, नाचगानसहित खुसियाली साटासाट गर्ने प्रक्रिया भालिसम्म जारी रहने चौधरीले बताए। होलीका अवसरमा गाउँका मान्यजनबाट रङको टिका लगाउने र आर्शीवाद लिने चलन पनि थारु समुदायमा रहेको उनले बताए।

सोमबार, चैत १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

भर्खरै

  • १.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • २.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ३.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ४.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ५.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ६.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ७.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ८.
    तरकारीको विषादी परीक्षण बढाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.