काठमाडौँ । विदेशी मुद्रा सञ्चिति घट्न थालेसँगै नेपाल राष्ट्र बैंकले सुन आयातमा भारी कटौती गरेको छ । बैंकले आज एक विज्ञप्ति जारी गर्दै दैनिक १० किलो मात्रै सुन आयात गर्न पाइने व्यवस्था गरेको हो ।
Advertisement
बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी विनिमय कारोबार गर्न अनुमति पाएका निकायलाई आजै परिपत्र गरी सुन बिक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ को दफा (४) लाई संशोधन गरिएकाले सोही बमोजिम गर्न निर्देशन दिएको छ ।
पछिल्लो समय देशमा सुनको माग बढ्दै गएको छ । जसका कारण दैनिक रुपमा विदेशबाट सुन तस्करी हुँदै आएको छ । आजै मात्रै सुनचाँदी व्यवसायी महासंघले एक तोलाको सुनको मूल्य एक लाख २ हजार रुपैयाँ कायम भएको जानकारी गराएकाे थियो ।