• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ ३०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

तीजको कोसेलीः कर्णालीको स्याउ

बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

दाङ क्रिकेट लिग- तुलसीपुर र घोराहीको दोश्रो जित


बुधबार, फागुन १६, २०८० मा प्रकाशित

दाङ– दाङको घोराहीमा जारि नेपाल टेलिकम दाङ क्रिकेट लिग (डीसीएल)अन्तर्गत बुधबार सम्पन्न तेश्रो दिनको दुई खेलमा तुलसीपुर रोयल्स र घोराही टाइगर्स विजयी भएका छन।

Advertisement

घोराही क्रिकेट स्टेडियममा सम्पन्न खेलहरूमा तुलसीपुरले पुरनधारा च्यालेन्जर्सलाई तथा घोराही टाइगर्सले देउखुकरी वारियर्सलाई पराजित गर्यो।

पहिलो खेलमा तुलसीपुर रोयल्सले दोश्रो जित दर्ता गर्ने क्रममा पुरनधारा च्यालेन्जर्सलाई ३२ रनले पराजित गर्यो।

तुलसीपुर रोयल्सले दिएको १०९ रनको लक्ष्य पछ्याएको पुरनधाराले पुरै २० ओभर ब्याटिंग गरेता पनि ७ विकेट गुमाएर ७६ रन मात्र बनाउन सक्यो।

पुरनधाराको ब्याटिंगमा कृष्ण कार्कीले सर्वाधिक १७ रन योगदान दिए। राजविर सिंहले १४, कप्तान मोहन खत्रीले १३ तथा राजु रिजालले १२ रन योगदान दिए। बलिंगतर्फ तुलसीपुर रोयल्सका फास्ट बलर रुपेश सिंहले ३ विकेट लिए जुन क्रममा उनले ४ ओभरमा मात्र ८ रन खर्चिए। भुवन कार्की, दिवान पुन र बिनोद कुमार बिकले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको तुलसीपुर रोयल्सले २० ओभरमा ८ विकेट क्षेतीमा १०८ रन बनायो।

तुलसीपुरको लागि प्लेयर अफ द म्याच समेत घोषित दिवान पुनले सर्वाधिक ३७ रन योगदान दिए जुन क्रममा ४४ बलमा ४ चौका प्रहार गरे। बिराट सिंह भण्डारीले १७ तथा रुपेश सिंहले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिंगतर्फ पुरनधाराको लागि सुजल ओलीले २ विकेट लिए भने कृष्ण कार्की, हरिश केसी, मोहन खत्री र दिपेन्द्र रावतले १/१ विकेट लिए।

आजको दोश्रो खेलमा घोराही टाइगर्सले देउखुरी वारियर्सलाई ५ विकेटले पराजित गर्यो। देउखुरीले दिएको १०३ रनको लक्ष्य घोराहीले १८.४ ओभरमा ५ विकेट गुमाएर भेट्टायो।

लक्ष्य पछ्याउने क्रममा घोराहीको लागि प्लेयर अफ द म्याच घोषित दिपेश कँडेलले सर्वाधिक २६ रन बनाए। यु-१९ राष्ट्रिय क्रिकेटर समेत रहेका कँडेलले २१ बलमा ३ चौका प्रहार गरे। यस्तै अर्जुन घर्तिले २५, मनोज पुनले १२ तथा दिलिप नाथले १० रन बनाए। देउखुरीको बलिंगमा आशिश ओलीले २ तथा नारायण जोशी, विशाल विक्रम केसी र सुभम खनालले १/१ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको देउखुरी वारियर्सले २० ओभरमा ९ विकेट गुमाएर १०२ रन बनायो।

देउखुरीको लागि प्रज्वल बहादुर थापाले सर्वाधिक २३ रन बनाए। यस्तै आशिष ओलीले १७, सुभम खनालले १३, आवाज गौतमले १२ तथा दिपक बोहराले ११ रन बनाए।

बलिंगतर्फ घोराही टाइगर्सका रबिन थापा र मिलन बुढाथोकीले २/२ विकेट लिए। यस्तै दिपेश कंडेल, युनिश विक्रम सिंह र अर्जुन घर्तिले १/१ विकेट लिए।

आजको जित पछि तुलसीपुर रोयल्स दुवै खेलमा जितको साथ ४ अंक सहित लिग अंक तालिकाको शिर्ष स्थानमा छ। तेश्रो खेल खेल्दा दोश्रो जित दर्ता गरेको घोराही टाइगर्स ४ अंक सहित नेट रन रेटमा पछि हुँदा दोश्रो स्थानमा छ। पुरनधारा च्यालेन्जर्स ३ खेलमा २ अंक सहित तेश्रो, २ खेलमा १ जित र १ हार पछि समान २ अंक भएको दंगाली लायन्स चौंथो स्थानमा छ। देउखुरी वारियर्स दुवै खेलमा हार पछि पाँचौ स्थानमा छ।

दाङ क्रिकेट संघद्वारा आयोजित प्रतियोगितामा पाँच फ्रेन्चाईज टोली सहभागी छन्। जसमा सुशान्त सिंह थापा कप्तान रहेको घोराही टाइगर्स, विशाल विक्रम केसी कप्तान रहेको देउखुरी वारियर्स, मोहन खत्री कप्तान रहेको पुरन्धारा च्यालेन्जर्स, दिवान पुन कप्तान रहेको तुलसीपुर रोयल्स तथा विपिन खत्री कप्तान रहेको दंगाली लायन्स छन्।

प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ तथा उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। लिगको उत्कृस्ट ब्याटर, बलर तथा उदयमान खेलाडीले समान १०/१० हजार प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताकै उत्कृस्ट खेलाडीले १५ हजार रुपैयाँ तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

बुधबार, फागुन १६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची
भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता
आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?
विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान
राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान
तीजको कोसेलीः कर्णालीको स्याउ

भर्खरै

  • १.
    प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

  • २.
    भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

  • ३.
    आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

  • ४.
    विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

  • ५.
    राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ६.
    तीजको कोसेलीः कर्णालीको स्याउ

  • ७.
    बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

  • ८.
    स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.