• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

किन हुन्छ निमोनिया, कसरी बच्‍ने?


आइतबार, पुष ०८, २०८० मा प्रकाशित

काठमाडौं- कुनै पनि जीवाणुले फोक्सोमा संक्रमण गर्‍यो भने निमोनिया हुन्छ। भाइरस, ब्याक्टेरिया, फंगसलगायत जीवाणुले मात्रै नभएर कहिलेकाहीं केमिकलले पनि निमोनिया हुन्छ।

Advertisement

यस्तै, कुनै कारणले फोक्सोको ग्रन्थी, कोषिकाहरू सुन्‍निए भने निमोनिया हुन्छ। ब्याक्टेरियल, भाइरल, एसप्रियसन, कम्युनिटी इक्‍वायर, भेन्टिलेटर एसोसिएटेटगायत निमोनियाका धेरै प्रकार हुन्छन्।

जोखिममा कस्ता व्यक्ति ?

निमोनियाको जोखिम रोगप्रतिरोधी क्षमता कम भएका मानिसमा ज्यादा हुन्छ। बालबालिका, बढी उमेरका व्यक्ति तथा दीर्घरोगीहरूको प्रतिरोधी क्षमता कम हुन्छ। चुरोट खाने, धुवाँधुलोमा काम गर्ने व्यक्तिहरू पनि निमोनियाको जोखिममा हुन्छन्। त्यस्ता व्यक्तिको फोक्सोमा ‘सेल्फ क्लियरेन्स मेकानिजम ह्याम्पर’ हुन्छ। भित्रभित्रै फोक्सो ड्यामेज हुन सक्छ।

यस्ता समस्या देखिन सक्छन्

हाम्रो शरीरमा दाहिने र देब्रे गरी दुईवटा फोक्सो हुन्छ। फोक्सो राम्रो अवस्थामा छ भने श्‍वासप्रश्‍वासमा समस्या हुँदैन। फोक्सोमा संक्रमण भयो भने समस्या देखिन्छ। संक्रमण बढ्दै गएर निमोनिया हुन सक्छ। रगतमार्फत निमोनियाको संक्रमण शरीरका सम्पूर्ण भागमा फैलियो भने गम्भीर अवस्था निम्तिन्छ।

हाम्रो श्‍वासनलीभित्र स-साना सिलिया हुन्छन्, जसले जीवाणुहरूलाई तानेर खकार र सिँगानका माध्यमबाट बाहिर फाल्छन्। गर्मीको तुलनामा जाडोमा यी सिलियाहरू कम सक्रिय हुन्छन्। चिसोले गर्दा सिलिया फ्रिज भएर बस्छन्। त्यही कारण फोक्सोको संक्रमण ज्यादा हुन्छ। जाडो समयमा पानी कम पर्छ र धुलो धेरै उड्छ। त्यही कारण प्रदूषण धेरै हुन्छ। सावधानी अपनाइएन भने धुलोको असर फोक्सोमा पर्न सक्छ।

के गर्ने ?

– न्यानो भएर बस्‍ने, न्यानो कपडा लगाउने

– स्टिम लिने

– मनतातो पानीले मुख कुल्ला गर्ने

– खानपानमा ध्यान दिने

– चिसो चिज नखाने

– कुनै खानाको एलर्जी छ भने त्यस्ता खानेकुरा नखाने

– बर्सेनि रुघाखोकीको खोप लगाउने

– निमोनियाको खोप लगाउने (यो खोप पाँच वर्षमा एकपटक लगाइन्छ)

– धूम्रपान नगर्ने

थप समस्या देखिएमा चिकित्सकको सम्पर्कमा जाने र चिकित्सकको सल्लाहबमोजिम उपचार गर्ने।

(सशस्त्र प्रहरी अस्पतालका फिजिसियन डा. झासँग कुराकानीमा आधारित)

आइतबार, पुष ०८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तरकारीको विषादी परीक्षण बढाइँदै
तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव
चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

भर्खरै

  • १.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • २.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ३.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ४.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ५.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

  • ६.
    ५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

  • ७.
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

  • ८.
    संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.