• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

प्यारालाइसिस हुनबाट कसरी बच्ने ?


शनिबार, पुष ०७, २०८० मा प्रकाशित

काठमाडौं- प्यारालाइसिस भन्‍नासाथ हातखुट्टा नचल्नु हो भन्‍ने बुझिन्छ। आजकल धेरैजसो रक्तचाप (प्रेसर) वा मधुमेह (सुगर) रोग बिग्रिएर प्यारालाइसिस हुने गरेको भेटिन्छ। यस्तै, रगतसम्बन्धी रोगहरू जस्तै रगत जम्‍ने या बग्‍ने समस्या छ भने प्यारालाइसिस हुन्छ।

Advertisement

कुनै पनि व्यक्तिको आधा भाग एकातिरको दाहिने वा देब्रे हातखुट्टा नचल्ने वा एउटा मात्र हात नचल्ने, एउटा मात्र खुट्टा नचल्ने, वा दुवै खुट्टा नचल्ने या मुख बांगिने, सँगसँगै हातखुट्टा पनि नचल्ने भएमा प्यारालाइसिस भएको बुझिन्छ। यो अचानक हुने हो। अधिकांश प्यारालाइसिसका बिरामीमा फोक्सोको संक्रमण भएर मृत्युवरण भएको पाइन्छ।

कारण

प्यारालाइसिस हुने कारणहरू धेरै छन्। मुख्य कारण भनेको प्रेसर र सुगरले हुन्छ। यदि कुनै व्यक्तिको प्रेसर हाई छ र त्यो व्यक्तिले प्रेसरको औषधि समयमा खाएन, चिकित्सकको परामर्श लिएर प्रेसरलाई कन्ट्रोलमा राखेन भने त्यस्ता व्यक्तिहरूमा अचानक रक्तनलीहरू फुट्ने, रगत जम्‍ने, नसाहरू कडा भएर त्यो ठाउँमा रगतको सञ्‍चार कम हुँदा मस्तिष्कमा रगत कम या नसा फुटेर रगत बग्यो भने त्यो भागले काम नगर्ने हुन्छ। त्यो भागबाट शरीरको जुन अंग स्वचालित हुन्छ, त्यो भागले पनि काम गर्न छोड्छ। यसैलाई प्यारालाइसिस भन्छौं।

विशेषगरी, प्यारालाइसिस प्रेसर र सुगरकै बिरामीमा बढी हुन्छ। कहिलेकाहीं मुटुसम्बन्धी रोग भएका बिरामीमा पनि पक्षघात हुन्छ। मुटुमा रगत जम्‍ने र त्यो उछिट्टिएर टाउकोभित्र गयो भने रक्तनलीहरू जाम भइदिन्छन् र प्यारालाइसिस हुन्छ। ब्रेन ट्युमर हुँदा पनि प्यारालाइसिस हुन्छ।

यदि ब्रेन ट्युमरका लक्षणहरू देखापरेका छन् भने सर्जरी गरेर समयमा व्यवस्थापन गर्दा प्यारालाइसिस हुँदैन। मुटुको चाल बिग्रिएको छ भने मुटुभित्र रगत जम्‍ने, मुटु पम्प गर्दा त्यही रगत उछिट्टिएर मस्तिष्कमा गयो भने प्यारालाइसिस हुन्छ।

कहिलेकाहीं साधरण ज्वरो बिग्रिएर टाउकोमा इन्फेक्सन भइदिन्छ। यसलाई चिकित्सकीय भाषामा मेनेन्जाइटिस भनिन्छ। यसको कारणले पनि व्यक्तिमा प्यारालाइसिस हुन सक्छ। प्यारालाइसिस भइसक्यो भने त्यसको उपचार जटिल हुन्छ। कतिपय अवस्थामा यो भएमा उपचार गरे नगरे पनि त्यसको समयावधि लिएर विस्तारै निको हुने हुन्छ। यसमा उपचार पद्धतिभन्दा पनि प्यारालाइसिस हुनै नदिन सजग हुनुपर्छ।

लक्षण

– पक्षघातको मुख्य लक्षण शरीरका अंग चलाउन गाह्रो हुनु हो।
– मुख चलाउन असहज हुने
– स्पष्टसँग बोल्न नसक्ने
– मुख बांगिने

प्यारालाइसिस हुन नदिन के गर्ने ?

– प्रेसरलाई कन्ट्रोलमा राख्‍ने, प्रेसरको औषधि नियमित खाने, प्रेसर बढी छ भने तुरुन्त चिकित्सकको परामर्श लिएर औषधिको डोज मिलाउने।

– सुगर रोग लागेको छ भने सुगरलाई कन्ट्रोल गर्ने।

– मुटु र मिर्गौलाको जाँच गर्ने, यसमा समस्या छ भने चिकित्सकको परामर्शमा औषधि उपचार गर्ने।

– कुनै पनि व्यक्तिको ब्रेनमा इन्फेक्सन भयो भने डाक्टरको परामर्शमा सुईबाट आईभीएनटी बायोटिक एन्टिभाइरल ड्रगहरू दिएर त्यसलाई तुरुन्त कट्रोल गर्नुपर्छ।

– प्यारालाइसिस भएको चार घण्टाभित्रै प्यारालाइसिससम्बन्धी डाक्टर भएको न्युरो सेन्टरमा गएमा थम्बोलाइसिस उपचार पद्धतिबाट उपचार गरिन्छ। रगत जमेको वा रक्तनली फुटेर रगत जमेको हुन्छ, त्यसलाई तुरुन्त निकालिदियो भने त्यो ठाउँले फेरि काम गर्न थाल्छ।  रक्तनलीभित्रै रगत सुकेर जमेको छ भने चिकित्सकले रगत पातलो गर्ने औषधि दिन्छन्। कोलेस्टेरोल बढी छ भने त्यसको औषधि चलाउने, अन्य कुनै समस्या छ भने त्यसको उपचार गरिएमा बिरामी केही दिनमै निको हुन्छ।

– प्यारालाइसिस भएको बिरामीको मुख बांगो हुने, बोली लडबडिने, खाना निल्न नसकेर खाना सर्किने समस्या धेरै हुन्छ। त्यस्तो अवस्थामा जबर्जस्ती मुखबाट खाना खुवाउनु हुँदैन। त्यस्तो अवस्थामा स्वास्थ्य संस्थामा चिकित्सकले नाकमा साधारण पाइप हालिदिन्छन्। त्यो पाइपको सहाराबाट बिरामीलाई खाना खुवाउनुपर्छ।

– प्यारालाइसिस भएको बिरामीमा दिसा र पिसाबको समस्या हुन्छ। नली राखेर दिसा, पिसाब गराउनुपर्छ। धेरै दिन त्यही नली राख्‍नु हुँदैन, परिवर्तन गरिरहनुपर्छ।

– थप समस्या देखिएमा चिकित्सकको परामर्शअनुसार औषधि उपचार गर्नुपर्छ।

यस्ता कुरामा सावधानी अपनाऔं

– उच्च रक्तचापलाई नियन्त्रण गर्ने

– मधुमेहको समयमै उपचार गर्ने

– मोटोपनलाई घटाउने

– तनाव कम गर्ने

– शरीरको कुनै भाग कमजोर भए वा नचल्ने भए तुरुन्तै चिकित्सकलाई देखाउने

(सशस्त्र प्रहरी अस्पतालका फिजिसियन डा. झासँग गरिएको कुराकानीमा आधारित)

शनिबार, पुष ०७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

भर्खरै

  • १.
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

  • २.
    संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

  • ३.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ४.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ५.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ७.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ८.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.