कैलाली– कैलालीको फल्टुडेबाट कस्तुरीको बिनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
Advertisement
नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको अनुसन्धान टोलीले बिहीबार कैलालीको चुरे गाउँपालिका-१ का दानबहादुर विकलाई दुई थान कस्तुरीको बिना सहित पक्राउ गरेको हो।
प्रहरी नायब निरीक्षक सुशील चन्दको नेतृत्वमा खटिएको साधा पोसाकको प्रहरी टोलीले विकलाई कस्तुरीको बिनासहित पक्राउ गरेको हो।
प्रहरीले विकको साथबाट दुई थान कस्तुरीको बिना बरामद गरेको छ। प्रहरीले विकलाई पक्राउ गरि आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।