• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ ३०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

तीजको कोसेलीः कर्णालीको स्याउ

बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ८. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

अवैध लागूऔषध सहित पक्राउ


बिहिबार, फागुन १२, २०७८ मा प्रकाशित

काठमाडौं- काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट १ हजार ४ सय ७० ट्याब्लेट सहित महोत्तरी जलेश्वर नगरपालिका-६ बस्ने २५ वर्षीय किसन कुमार मिश्रलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । महोत्तरीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ६४१२ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार मिश्रलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

Advertisement

यसैगरी काठमाडौं तारकेश्‍वर नगरपालिका-६ पैयुटार हाइटस्थित एरियाबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३२ एम्पुल, फेनारगन ३२ एम्पुल, नुर्फिन ३२ एम्पुल, नगद ६१ हजार रूपैयाँ, मोबाइल ३ थान र प्रदेश ३-०२-००३ प ९२२५ नम्बरको स्कुटर सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका-८ लामबगर घर भएका २४ वर्षीय प्रविण महर्जन र ३० वर्षीय सुशिल श्रेष्‍ठ रहेका छन् । बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बालाजु तथा महानगरीय प्रहरी प्रभाग धर्मस्थलीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

बारा सिम्रौनगढ नगरपालिका-२ महुवाहीबाट करिब ७५ केजी अवैध लागूऔषध सहित भारत विहार मोतियारीग्राम पिपरा बस्ने ४० वर्षीय हिरदेश गिरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ५ वटा जुटको बोरा बोकी नेपालबाट भारततर्फ जाँदै गरेका ७/८ जना व्यक्तिहरू तथा ईलाका प्रहरी कार्यालय सिम्रौनगढ र सशस्त्र प्रहरी बल बिओपी गोलागञ्जबाट खटिएको संयुक्त गस्ती टोलीबीच जम्काभेट हुँदा उनीहरुले प्रहरीलाई लक्षित गरी फायरिङ गरेपश्चात प्रहरीले आत्मसुरक्षाका लागि जवाफी फायर गर्दा घाइते भएका १ जना पुरुषलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल कलैया लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको छ । साथै उनीहरूमध्ये गिरीलाई उक्त परिमाणको लागूऔषध सहित प्रहरीले पक्राउ गरेको हो । हाल फरार अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।

मकवानपुर राक्सिराङ गाउँपालिका-५ चैनपुर बगरस्थित भित्री सडकबाट करिब ८ केजी अवैध लागूऔषध गाँजा सहित कैलाश गाउँपालिका-७ भार्ता बस्ने २८ वर्षीय सुबिन्द्र दर्जीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । ग.१ ख ४३३९ नम्बरको बसलाई प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

झापा बिर्तामोड नगरपालिका-४ पश्चिम स्टेनस्थित सडकबाट करिब ५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित झापा गाउँपालिका-४ बस्ने १९ वर्षीय अब्दुल अन्सारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मे ३ प १३०७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक अन्सारीलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी झापा बिर्तामोड नगरपालिका-४ बस्ने १९ वर्षीय उत्तम बर्देवालाई करिब ८ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

कास्की पोखरा महानगरपालिका-३० पावरहाउसस्थित सडकबाट करिब ३ केजी अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका-१० रामबजार बस्ने २० वर्षीय अमृत सुनारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.२ ख ९२६ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार सुनारलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

बिहिबार, फागुन १२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची
भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता
आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?
विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान
राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान
तीजको कोसेलीः कर्णालीको स्याउ

भर्खरै

  • १.
    प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

  • २.
    भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

  • ३.
    आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

  • ४.
    विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

  • ५.
    राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ६.
    तीजको कोसेलीः कर्णालीको स्याउ

  • ७.
    बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

  • ८.
    स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.