काठमाडौं- कालिकोट पलाता गाउँपालिका-९ घाटाचौरस्थित सडकमा से.१ ज ९६० नम्बरको जिपको ठक्करबाट सोही गाउँपालिका-१ बस्ने ६२ वर्षीय परिलाल भण्डारीको मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । साथै जिपको ठक्करबाट घाइते भएका अन्य ३ जनाको पातला अस्पताल हुँदै थप उपचारको लागि प्रदेश अस्पताल सुर्खेततर्फ पठाइएको छ । जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरी कोशी गाउँपालिका-८ भाण्टावारीस्थित सडकमा प्र.२-०३-००१ ख २५०५ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय भरत सहनीको मंगलबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल इनरुवा सुनसरीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषा औरही गाउँपालिका-२ परवाहास्थित सडकमा परवाहतर्फ जाँदै गरेको साइकलको ठक्करबाट सोही ठाउँ बस्ने ५५ वर्षीया उर्मिला देवी मण्डलको मंगलबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको नवजीवन अस्पताल जनकपुर हुँदै थप उपचारको लागि बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साइकलयात्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।