• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता

स्रोत नखुलेको नगदसहित पक्राउ

जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो

होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

लोकप्रिय समाचार

  • १. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

लामीडाँडा विमानस्थल कालोपत्र गरेपछि बन्द


मङ्गलबार, फागुन १०, २०७८ मा प्रकाशित

खोटाङ- जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्र गरिएपछि विसं २०७६ असार ३ गते परीक्षण उडान भरेकै दिन उद्घाटन गरिएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणको रु छ करोड ७६ लाख ९३ हजार लगानीमा कालोपत्र गरिएको लामीडाँडा विमानस्थल प्रतिनिधिसभा सदस्य एवं नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले उद्घाटन गर्नुभएको थियो ।

Advertisement

समिट एयरको नाइनएन–एएमजी विमानले परीक्षण उडान भरेपछि उद्घाटन गरिएको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख सचेतक भट्टराईले लामीडाँडा विमानस्थलमा नियमित उडानका लागि प्राधिकरणसँग छलफल भइरहेको बताउनुभएको थियो । तर लामीडाँडा विमानस्थलमा परीक्षणपछि अहिलेसम्म नियमित उडान भएको छैन ।

विसं २०२८ देखि कच्ची अवस्थामा नियमित सञ्चालन हुँदै आएको लामीडाँडा विमानस्थलको टनिङ प्याडमा दायाँबायाँ २८–२८ मिटर कालोपत्र गरिएको छ । ५२० मिटर लम्बाइ र २० मिटर चौडाइको विमानस्थल कालोपत्र गर्ने जिम्मा वाइएनएस, एसएपी र सर्य कन्ट्रक्शन प्रालिले कालोपत्र गरेको हो । जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने भक्तजन तथा पर्यटकका साथै छिमेकी जिल्ला ओखलढुङ्गा र सोलुखुम्बुका स्थानीय बासिन्दालाई समेत सेवा दिने उद्देश्यले निर्माण गरिएको लामीडाँडा विमानस्थल यसअघि जिल्लाको निक्कै व्यस्त रहने विमानस्थलमा पर्दछ । स्थानीय बासिन्दाले कुटो तथा कोदालो प्रयोग गरेर विसं २०२६ देखि निर्माण सुरु गरेको लामीडाँडा विमानस्थल दुई वर्षपछि विसं २०२८ बाट कच्ची अवस्थामै नियमित उडान सञ्चालनमा ल्याएको थियो ।

अठचालीस वर्षसम्म कच्ची अवस्थामा नियमित उडान हुँदै आएको विमानस्थलमा कालोपत्र गरिएसँगै उडान बन्द हुँदा स्थानीय बासिन्दा दःुखित भएका छन् । कालोपत्र गरिएको विमानस्थलमा नियमित उडान नभएपछि दुर्घटनाका घाइते तथा बिरामीलाई हेलिकोप्टर चार्टर्ड गरेर अन्यत्र उपचारमा लानुपर्ने बाध्यता भएपछि स्थानीय बासिन्दा आक्रोशितसमेत भएका हुन् ।

तीन जिल्लाका स्थानीय बासिन्दा तथा त्रिधार्मिकस्थल हलेसी आवतजावत गर्ने भक्तजन एवं पर्यटकले सेवा लिँदै आएको लामीडाँडा विमानस्थलको उडान कटौती गरेर राज्यले आफूहरूमाथि ठूलो अन्याय गरेको स्थानीयवासी एवं नेपाली कांग्रेस रावाबेँसी गाउँपालिका कार्यसमितिका पार्टी सभापति फटिककुमार श्रेष्ठले आरोप लगाउनुभएको छ । उहाँले भन्नुभयो, “तीन जिल्लाका जनताले नियमित उपयोग गर्दै आएको हवाई सुविधा खोस्ने काम भएको छ ।”

लामीडाँडा विमानस्थलमा उडान कटौती गरेपछि कर्मचारी र आवश्यकीय उपकरणसमेत उठाएर अन्यत्र लगेको स्थानीय बासिन्दाले बताएका छन् । राज्यकोषको ठूलो लगानीमा कालोपत्र गरिएको लामीडाँडा विमानस्थल उपयोगविहीन भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारको आलोचना हुँदै आएको छ ।

लामीडाँडा विमानस्थलको उडान कटौती हुनुको कारण पत्ता लगाएर नियमित उडान भर्ने गरी पहल भइरहेको प्रदेश नं १ सरकारका सामाजिक विकासमन्त्री राजन राईले बताउनुभयो । “लामीडाँडा विमानस्थलमा उडान कटौती हुनु दुःखद् विषय हो”, प्रदेशसभा निर्वाचनमा खोटाङ क्षेत्र नं १ (क)बाट निर्वाचित मन्त्री राईले भन्नुभयो, “राज्यकोषको ठूलो लगानीमा कालोपत्र गरिएको लामीडाँडा विमानस्थलमा नियमित उडान भर्ने गरी चाँडै सम्बन्धित निकायमा पहल गर्छु ।”

जिल्लामा तीनवटा विमानस्थल छन् । जिल्लाका सबै क्षेत्रका स्थानीय बासिन्दालाई हवाई सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएका तीनवटै विमानस्थल नागरिक उड्डयन प्राधिकरणको लगानीमा कालोपत्र गरिएका हुन् । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिका–४ बडकादियालेमा निर्माण गरिएको थामखर्क र जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिक पर्ने खाल्लेस्थित मनमाया राई खानीडाँडा विमानस्थलमा भने नियमित उडान भइरहेको छ । खानीडाँडा र थामखर्क विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले काठमाडौँका लागि नियमित उडान भर्दै आएको जनाइएको छ ।

नागरिक उड्डयन प्राधिकरणको रु सात करोड २४ हजार ३८० लागतमा कालोपत्र गरिएको खानीडाँडा विमानस्थलमा हप्ताको दुईपटक उडान हुँदा सबैभन्दा बढी जिल्ला अस्पताल दिक्तेलबाट अन्यत्र सिफारिस गरिएका बिरामीलाई सहज भएको छ । दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थल नेपाल नागरिक उड्डयन प्राधिकरणको रु १० करोड ६० लाख ७१ हजार लगानीमा कालोपत्र गरिएको छ ।

मङ्गलबार, फागुन १०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद
इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता
स्रोत नखुलेको नगदसहित पक्राउ
जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो
होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते
राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

भर्खरै

  • १.
    सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

  • २.
    इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता

  • ३.
    स्रोत नखुलेको नगदसहित पक्राउ

  • ४.
    जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो

  • ५.
    होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते

  • ६.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ७.
    पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ

  • ८.
    अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.