ललितपुर- रेडपाण्डाको जस्तो देखिने २ थान छाला सहित रुकुम पश्चिम वाफिकोट गाउँपालिका-५ घर भई काठमाडौं नयाँ बसपार्क मञ्जुश्री मार्ग बस्ने २५ वर्षीय नवराज केसीलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
ललितपुर महानगरपालिका-२ सानेपा हाईटमा रेडपाण्डाको छाला लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले बुझ्दा उक्त छाला बोकेको व्यक्ति नयाँ बसपार्क मन्जुश्रीमार्गमा भएको बुझिएपछि उनलाई सोही ठाउँबाट उक्त छाला सहित फेला पारी पक्राउ गरिएको हो ।