• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, भदौ २९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

तीजको कोसेलीः कर्णालीको स्याउ

बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह

स्वीडेनको चुनावी नतिजा रोमाञ्चक मोडमा, विपक्षी गठबन्धन अगाडि

फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु

फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

मध्यपहाडी लोकमार्गः २४ वर्षमा पनि सम्पन्न हुन सकेन


आइतबार, फागुन ०८, २०७८ मा प्रकाशित

गलकोट- नेपालको मध्यपहाडको विकासको मेरुदण्ड मानिएको पुष्पलाल (मध्यपहाडी) लोकमार्गको ट्र्याक खुलेको २४ वर्ष पुगेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यो लोकमार्गको सबैभन्दा लामो खण्ड बागलुङमा रहेको छ ।

Advertisement

जिल्ला सदरमुकाम खण्ड दुई वर्षमा कालोपत्र गर्ने भनिएपनि अझै हुनसकेको छैन । छ वर्षसम्म पनि यो सडक कालोपत्र हुन नसक्दा बिहुँका स्थानीयवासीले निर्माण व्यवसायी विरुद्ध चरणबद्ध आन्दोलनसमेत गर्दै आएका छन् । गत असारपछि रोकिएको मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्ला सदरमुकाम खण्डको २५ किलोमिटरमा पुनः काम थालिएको छ ।

गत असोजमा बागलुङ घोडाबाँधे सडक खण्डअन्तर्गत बिहुँमा दुई किलोमिटर सडक कालोपत्र गरेर काम छाडेको निर्माण कम्पनीले फागुनबाट काम थालेको छ । ट्र्याक खोलेको २४ वर्षपछि सडक कालोपत्र हुने आश पलाएको छ । अहिले जिल्ला सदरमुकामको खहरे, मूलपानी क्षेत्रमा बेस विच्छ्याउने कार्य भइरहेको छ, भने उपल्लो खण्डको बिहुँमा कालोपत्रका लागि ग्राभेल विच्छ्याउने कार्य भइरहेको मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।

मध्यपहाडी (पुष्पलाल) राजमार्ग आयोजना पर्वत कार्यालयका प्रमुख इञ्जिनीयर नारायणदत्त भण्डारीका अनुसार असारपछि निर्माण व्यवसायीलाई निरन्तरको ताकेता पछि निर्माण कम्पनीले निर्माणलाई तीव्रता दिन थालेको बताउनुभयो । “अहिले घोडाँबाधेदेखि बागलुङ बजारसम्मको सडकमा कालोपत्र गर्नु अघिका काम भइरहेको छ, सवबेश विच्छ्याउने, ग्याबिन भर्ने र कल्र्भट बनाउने काम तल्लो खण्डमा भइरहेको छ”, उहाँले भन्नुभयो, “उपल्लो खण्डमा भने अधिकांश सडक ग्राभेल भइरहेकोछ, निर्माणको काम लगभग सकिएको छ, असारअघि कालोपत्र सक्ने गरी आयोजना लागिपरेको छ ।”

यो राजमार्गको बागलुङ बजार उपल्लाचौर–अक्षेते–बिहुँ खण्ड र बिहुँ घोडाबाँधे सडक खण्डको २५ किलोमिटर सडक दुई खण्डमा विभाजन गरेर ठेक्का भएको थियो । उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत÷सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाँधे खण्ड २०७२ माघ १० गते एमपी÷एससिएफ÷इसिसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा कालोपत्र गर्ने ठेक्का सम्झौता गरेका थिए । तर निर्माण सुरु भएको छ वर्षसम्म ६० प्रतिशतमात्रै प्रगति भएको छ ।

बिहुँ खण्डमा चार किलोमिटर सडक एक पटक कालोपत्र गरिएको, फेरि डकल गर्ने तयारी छ, छ किलोमिटर सडकमा बेस विच्छ्याइसकेको दुई किलोमिटर सडकमा पूर्वाधारको काम भइरहेको बिहुँ घोडाबाँधेको १२ किलोमिटर सडक निर्माणको जिम्मा पाएको निर्माण व्यवसायीका प्रतिनिधि रामकाजी श्रेष्ठले जानकारी दिनुभयो । “सुरुमा कच्चापदार्थ नै भएन, त्यसपछि कोरोना महामारी, अहिले कालोपत्र गर्न मौसमले साथ दिएको छैन अन्य पूर्वाधारको काम भइरहेको छ, सके चैतसम्म नसके असारसम्म कालोपत्र गरेरै छोड्छौं”, उहाँले भन्नुभयो, “अहिले कामलाई तीव्रता दिएका छौं, केही परिणाम आउनेगरी क्रसर उद्योग निरन्तर चलिरहेको छ ।”

यस्तै मूलपानी बोक्सेसम्म ग्राभेलको काम भइरहेको र खहरेमा बेश विच्छ्याउने काम भइरहेको छ । चार महिनादेखि ठप्प भएको उपल्लाचौर अझेते सडक खण्डमा अहिले काम भइरहेको सडक निर्माणको जिम्मा पाएका भारत÷सिद्धिसाई कम्पनीले जनाएको छ । कूल एक हजार ७७६ किलोमिटर लोकमार्गको बागलुङ खण्डमा मात्रै १४२ किलोमिटर पर्छ । तीमध्ये बागलुङमा २५ किलोमिटरमात्रै सडक कालोपत्र गर्न बाँकी भएको छ ।

बागलुङको लाइफलाइनसँग जोडिएको मध्यपहाडी लोकमार्ग जिल्लाको दुर्गम स्थान निसीखोला, ढोरपाटन, गलकोट र बडिगाडमा कालोपत्र भइसकेको छ । तर जिल्ला सदरमुकामसँग जोडिएको लोकमार्गको २५ किमि सडक खण्डकालोपत्र नहुँदा यहाँका बासिन्दा मर्कामा परेका छन् ।

आइतबार, फागुन ०८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

तीजको कोसेलीः कर्णालीको स्याउ
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ
हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो
तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी
बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह

भर्खरै

  • १.
    तीजको कोसेलीः कर्णालीको स्याउ

  • २.
    बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

  • ३.
    स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

  • ४.
    हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

  • ५.
    तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी

  • ६.
    बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह

  • ७.
    स्वीडेनको चुनावी नतिजा रोमाञ्चक मोडमा, विपक्षी गठबन्धन अगाडि

  • ८.
    फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.