काठमाडौं- कास्की अन्नपूर्ण गाउँपालिका-३ स्थित गोरेटो बाटोमा सोही गाउँपालिका-२ सेरा गाउँ बस्ने ३९ वर्षीया अमला अधिकारी शनिबार मृत अवस्थामा फेला परेकी छिन् । गत शुक्रबार साँझ घरबाट हराएकी उनको खोजी क्रममा उक्त स्थानमा शव फेला परेको हो ।
Advertisement
धादिङ थाक्रे गाउँपालिका-२ घलेगाँउ बस्ने रामबाबु रिजालको घरमा बिगत २ वर्षदेखि काम गरी बस्ने करिब ६५ वर्षीय पुरुष सोही ठाउँस्थित बारीमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
सर्लाही बागमती नगरपालिका-४ बस्ने ८४ वर्षीया धिर्जा कुमारी प्रसाई घर नजिकै रहेको बागमती सिँचाईको नहरमा जमेको पानीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।