काठमाडौं- बाँके जानकी गाउँपालिका-४ बेलनियामा रोटाभेटर (डल्ला फोर्ने मेसिन)ले च्यापीएर सोही ठाउँ बस्ने अशोक कार्कीका छोरा १३ वर्षीय रोहीत कार्कीको बिहीबार साँझ मृत्यु भएको छ । भे.२ त ४४० नम्बरको ट्याक्टरमा रोटाभेटर जोड्न ट्याक्टर अगाडि बढाउने क्रममा रोटाभेटरले च्यापीएर गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Advertisement
रौतहट दुर्गाभगवती गाउँपालिका-२ कर्बोलस्थित सडकमा ना.२ त ८६०५ नम्बरको ट्याक्टरले बिआर ०६ एटि २९०३ नम्बरको मोटरसाइकललाई बिहीबार साँझ ठक्कर दिँदा हाल नाम, थर, वतन नखुलेका मोटरसाइकल चालकको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला सरकारी अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार रहेका ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।