काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सत्तारूढ गठबन्धनको बैठक सकिएको छ।
Advertisement
अमेरिकी सहयोग परियोजना एमसिसी संसदमा पेस गर्ने विषयमा छलफल गर्न बसेको बैठक निष्कर्षमा पुग्न सकेन।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले फागुन ८ गते बैठक बस्ने गरी आजको छलफल सकिएको बताउनुभयो ।
बैठकमा नेपालसहित प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्थ्यो ।