सुर्खेत– राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान कर्णाली प्रदेश अध्यक्ष हरिमाया कार्कीले ‘बस्यो माया’ बोलको गीत बजारमा ल्याएकी छिन्।
कविराज गिरी र हरिमाया कार्कीको आवाजमा ‘बस्यो माया’ को भिडियो सार्वजनिक गरिएको हो। श्रीनाथ फिल्मसको प्रस्तुतीमा, भानुभक्त रिजालको शब्द र खेमराज गौतमले एरेन्ज गरेको उक्त गीतलाई हरिमाया अफिसियल युटुब च्यानलमार्फत आइतबार बजारमा ल्याएको हो।
उक्त गितको भिडियोमा मुकेश थापा र अनु जि.सीको अभिनय देख्न पाइन्छ। भिडियोमा कलाकारहरु शेखर घर्ती, सरिता बुढा, प्रेम थापा र लक्ष्मी गिरी लगायतको नृत्य देख्न सकिन्छ। अर्जुन सापकोटाले छायाङ्कन गरेको उक्त भिडियोलाई चन्द्रबहादुर मन्दिरले निर्देशन र निर्मल प्याकुरेलले सम्पादन गरेका हुुन्।
‘सुर्खेको बुलबुले तालैमा, बस्यो माया लौ ख्याल ख्यालैमा’ बोलले सिंगो देशको पर्यटकीय सम्भावना बोकेको सुर्खेतको बुलबुले ताललाई गितको माध्यमबाट प्रचार गर्न खोजिएको छ भने माया प्रेममा परेका प्रेमिल जोडिको अन्तर्मनको भावना गितले बोलेको छ।
पहिलो प्रेमले मनमा ल्याएको खुशी र उमंगका अनुभुतीहरु गितमा समेटिएका छन्।