काठमाडाैं– गत शुक्रबारबाट प्रदर्शनमा आएको नायक प्रकाश सपुतकाे डेब्यु चलचित्र ‘परदेशी २’काे चारदिनकाे कमाई सार्वजनिक गरिएकाे छ।
Advertisement
नारायण रायमाझी निर्देशित साे चलचित्रले सोमवारसम्ममा १ करोड ९८ लाख ग्रस कलेक्सन गरेको निर्माण पक्षले बताएकाे छ।
चलचित्रले राजधानीका हलमाभन्दा मोफसलका हलमा दर्शककाे राम्रो साथ पाइरहेको छ। दशैंकाे मुखमा रिलिज गरिएकाे र दर्शककाे पनि राम्राे साथ पाइरहेकाेले आगामी दिनमा चलचित्रकाे व्यापार अझै बढ्नेमा निर्माण पक्ष विश्वस्त देखिएकाे छ।
चलचित्रमा प्रकाश सपुतसहित केकी अधिकारी, वर्षा शिवाकोटी, प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, देवेन्द्र बब्लु, रमा थपलिया, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ।
रमेश बिजीको कथा एवं पटकथा लेखन छ। चलचित्रलाई राजेश वशंल र निर्देशक रायमाझीले निर्माण गरेका हुन्।