काठमाडौं– डोल्मो घिसिङ तामाङको ‘हे मेरी आमा’ बोलको गीत बजारमा आएको छ। डोल्मो घिसिङको प्रस्तुती, शब्द र संगीत रहेको उक्त गीतलाई उनकै अफिसियल युटुब च्यानल डोल्मो घिसिङ तामाङमार्फत बजारमा सार्वजनिक गरेका हुन्।
Advertisement
बुद्ध स्याङ्बाको संगीत संयोजन, मिक्सिङ र मस्टरिङ रहेको उक्त गीतलाई गायक एंव संगीतकार राज कुमार दोङ तामाङ र गायिका रश्मी दोङ तामाङको आवाज छ।
भिडियोमा उनै गायक एंव संगीतकार राजकुमार दोङ र याङगी दोङको अभिनय देख्न सकिन्छ। निशल बस्नेतले छायांकन गरेको उक्त म्युजिक भिडियोलाई विकास दाहालले सम्पादन, युवराज वाइबाले निर्देशन तथा लोमुस पौडेलले सह-निर्देशन गरेका हुन।