काठमाडौं– दिपक बस्नेतकाे पहिलो गीत “बोली मिठो” सार्वजनिक भएको छ। शिव अनुरागको संगीत रहेको उक्त गीतको शब्द रचना दिपक बस्नेतले गरेका हुन्।
मिलन विकको स्वर रहेको यो गीतको संगीत संयोजन सञ्जय श्रीपालीले गरेका हुन्। सन्तोष सुनारले छायांकन गरेको भिडियोलाई उदय प्रकाशले सम्पादन गरेका छन्।
भिडियोमा चर्चित बेली डान्सर बन्दना बेली र दिपक बस्नेतलाई मूख्य भूमिकामा देखाइएको छ। साहायक कलाकारमा ड्रिम डान्स परिवार रहेका छन्।
“बोली मिठी” गीतमा गाउँको पृष्ठभूमिबाट पढ्न बजार झरेको युवाको ठट्यालीपन र किशोर अवस्थालाई उजागर गर्ने कथा समेटिएको छ। गीत र म्युजिक भिडियो दुवैले दर्शकलाई रोमाञ्चित बनाउने विश्वास निर्माण पक्षले लिएको छ। बस्नेतका अनुसार टिकटकमा नाच्ने र नचाउनेको लागि एउटा सदावार गीत निर्माण भएको छ।
रोहन मगर र भिरन श्रेष्ठको उत्कृष्ट कोरियोग्राफी रहेको भिडियोलाई अन्जित बोहोराले निर्देशन गरेका हुन्। दिपक बस्नेतले निर्माण गरेको उक्त गीत आफ्नै यूटुब च्यानल अनुदिप क्रियशन मार्फत “बोली मिठो” बोलको गीत आईतबार सार्वजनिक गरिएको हो।