काठमाडौं– शंखरापुर नगरपालिका-२ लप्सीफेदी बस्ने ६५ वर्षीय मोहन गुरुङको टिनको टहरामा ओखर (जुवा) खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।
Advertisement
सोही ठाउँका ३६ वर्षीय रोहन गुरुङ समेत १८ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हाे।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग साखुँबाट खटिएको प्रहरीले उनीहरूलाई ९ वटा ओखर (जुवा), नगद ३७ हजार १ सय ५ रुपैयाँसहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।