काभ्रे– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले बिहीबार कर्मचारीहरू थाकेकाे भन्दै सार्वजनिक बिदा दिएको छ। नगरपालिकाले १६ करोडको लागतमा नयाँ प्रशासनिक भवन बनाएको छ।
Advertisement
नगरपालिकाले बुधबार एउटा सूचना निकालेर नयाँ प्रशासनिक भवनमा कार्यालयका सामान ओसार्दा कर्मचारीहरू थकित भएकाले बिहीबार सार्वजनिक बिदा दिएको बताएकाे थियाे। साेहीअनुरुप आज पालिकाभर बिदा दिएकाे हाे।
नगरपालिकाकाे याे निर्णयकाे सर्वत्र आलाेचना भएपछि पालिकाले सामान व्यवस्थापनका अतिरिक्त प्राविधिक कुराहरू पनि मिलाउनुपर्ने भएकाले सार्वजनिक बिदा दिइको बताएकाे छ।
