काठमाडौं– संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आयोजना गरेको रात्रिभोज कार्यक्रममा एकाले अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह अनुपस्थित भएका छन्।
Advertisement
राष्ट्रपति कार्यालयले दुवैलाई निम्ताे गरेकाे बताएकाे छ। निम्ताे पाएर पनि उनीहरू रात्रिभाेजमा नगएका हुन्। मेयर बालेन बिहान संविधान दिवसको औपचारिक कार्यक्रममा भाग लिन भने टुँडिखेल गएका थिए।
पार्टीले आयोजना गरेकाे संविधान दिवसको अर्को कार्यक्रममा अध्यक्ष ओली सहभागी भएकोले उनी शीतल निवास जान नपाएकाे एमालेले बताएकाे छ। तर मेयर शाह किन गएनन् खुल्न सकेकाे छैन।
मेयर शाह सहभागी नभएकाे कारणबारे महानगरले आधिकारिक जानकारी नभएको बताएकाे छ। बालेनले यस वर्षको गणतन्त्र दिवस समारोहलाई पनि बहिष्कार गरेका थिए।