काठमाडौं- जल तथा मौसम विज्ञान विभागका अनुसार आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
Advertisement
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै, भारतका राजस्थानको दक्षिण-पूर्व र मध्यप्रदेशको पश्चिमी क्षेत्रमा विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभाव पनि नेपाली आकाशमा परेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भेगका थोरै र बाँकी भूभागका १-२ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।