काठमाडाैं– न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीशका लागि लिएको लिखित परीक्षामा १ जना मात्र उत्तीर्ण भएका छन्।
Advertisement
१६ देखि २० साउनसम्म आयोगले लिएको लिखित परीक्षामा २११ जना सहभागी भएका थिए। जसमध्ये पारसमणि पोखरेल मात्र पास भएका छन्। न्याय सेवा आयोगले ३१ भदौमा जारी गरेको सूचनामा उनलाई पाेखरेलमात्र उत्तिर्ण भएकाे बताइएकाे छ। उनलाई आयाेगले अन्तर्वार्ताका लागि सिफारिश गरेको छ।
आयोगले आन्तरिक खुलातर्फ १५ जना, खुलातर्फ ७ जना, महिला २ जना, आदिवासी जनजाति २ जना, मधेशी २ जना र दलित १ जना गरी कुल २९ जना जिल्ला न्यायाधीशका लागि परीक्षा लिएको थियो।