बाँके– बाँकेको राप्ती सोनारी गाउँपालिका-८, नयाँगाउँ नजिकैको पूर्व-पश्चिम राजमार्गमा गए राति बम पड्किएकाे छ।
Advertisement
राजमार्गमा बम पड्किएर भ्वाङ परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकाे छ।
बिहानै अनुसन्धानमा गएकाे प्रहरीले उक्त बम द्वन्द्वकालमा राखिएको बताएकाे छ। द्वन्द्वकालमा राखिएको बमको अवशेष पड्किएको पुष्टि भएपछि सडक विभागले भ्वाङ पुरेर राजमार्गमा सवारी साधन संचालन गरेकाे छ।
बम बिस्फाेटबाट राजमार्गमा भ्वाङ पर्नु बाहेक कुनै क्षति नभएकाे प्रहरीले बताएकाे छ।