• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मेची टु महाकाली : खुल्यो तस्करीको लाइन


    Avatar photo
आइतबार, भदौ ३१, २०८० मा प्रकाशित

काठमाडौं- साउन र भदौमा मात्र भैरहवा भन्सारले अवैध पैठारी भएका ४ करोड ६८ लाख ७९ हजार ६६४ रुपैयाँबराबरका सामान बरामद गरी मुद्दा अगाडि बढायो। तर, कडाइ हुन थालेपछि भैरहवा भन्सारविरुद्ध नै अफवाह फैलाउने, मिडियाबाजी गर्नेजस्ता गतिविधि तस्करीमा संलग्‍न समूहहरूले गरिरहेका छन्।

Advertisement

यसले देखाउँछ, अहिले तस्करीमा संलग्‍न समूह कति शक्तिशाली बन्दै गएको छ। र, सामान बरामद गर्ने भन्सारविरुद्ध नै कसरी सक्रिय छन् तस्करीमा संलग्‍न समूहहरू भन्‍ने यो तथ्यांकले झल्काउँछ।

भैरहवा भन्सारका अनुसार दुई महिनामा १९ प्रकारका सामान बरामद भएका छन्। लेडिज (सुट तथा टप), लेडिज ड्रेसमा प्रयोग हुने अर्ध तयारी कपडा, प्याज, सारी, चामल, आरमानी ब्रान्डको सर्ट, चश्मा, जेन्स कुर्ता, सर्टिङ कपडा, सोनारी ब्रस, धारा फिटिङका सामान, डोर फिटिङका सामान, काजु, जिन्स पाइन्ट, जुत्ता, जेन्स सर्ट, प्रिन्टेड कार्टुन, चिनी, चकलेट, पापड, धनियाँ, बिस्कुट, खजुर, कस्मेटिक सामान तथा ती सामान ओसार्न प्रयोग भएका नेपाली र भारतीय नम्बरप्लेटका सवारी साधन भन्सारले बरामद गरेको छ। तर, भन्सारविरुद्ध तस्कर समूह यति सक्रिय देखिन्छन् कि कर्मचारीकै सरुवा गराउने धम्की दिँदै हिँडेका छन्।

अहिले मेचीदेखि महाकालीसम्म तस्करीको लाइन खुलेको स्रोतहरूको दाबी छ। र, तस्कर समूहहरू त्यसलाई नियन्त्रणमा राख्‍न खोज्‍नेहरू विरुद्ध नै लागिपरेका छन्। भारततर्फबाट व्यापक चोरी पैठारी भइरहेका सामानहरू माथि उल्लेखितमध्येकै हुन्।

रुपन्देहीमा लुम्बिनी, महेशपुर, मर्चवारलगायत क्षेत्रबाट अवैध पैठारी जारी छ। भैरहवा भन्सारले पछिल्लो समय अवैध पैठारी गरिएका सामान धमाधम समातिरहेको छ। रुपन्देहीमा तस्कर समूह कति शक्तिशाली छन् भने भन्सारले सामान समाउँछ, भन्सारले नै तस्करी गराएको दाबी गर्दै मिडियाबाजी गराइदिन्छन्, तस्कर समूहहरूले।

तस्कर समूहहरूले स्थानीय स्तरका मिडियाकर्मीलाई नै प्रभावमा पारेर भन्सारविरुद्ध नै मिडियाबाजी गराउन सफल भइरहेको एक भन्सार कर्मचारी बताउँछन्। ‘सञ्‍चारकर्मी साथीहरूले कुरै नबुझी भन्सारविरुद्ध नै समाचार सम्प्रेषण गरिरहनुभएको छ,’ एक भन्सार कर्मचारी भन्छन्, ‘योभन्दा दुर्भाग्य अरू के नै हुन सक्छ र ! हामीले सामान समात्ने अनि हाम्रैविरुद्ध समाचार बनाइदिन थालेपछि के हुन्छ?’

भैरहवा भन्सारले तस्करीमा संलग्‍न व्यक्तिहरू विरुद्ध मुद्दा नै अगाडि बढाएको छ। र, फरार रहेका व्यक्तिहरूलाई पक्राउ गरेर बुझाइदिन प्रहरी प्रधान कार्यालयसम्म पत्राचार गरिरहेको छ। त्यसैले, तस्कर समूहहरू भन्सार कर्मचारीहरूलाई नै सरुवा गराउने लबिङमा लागेका छन्।

तस्करीको मामिलामा रुपन्देही कति बदनाम छ भने सरकारको उच्च ओहोदामै पुगिसकेका राजनीतिकर्मी नै लाइन खुलाउन प्रहरीलाई दबाब दिने गर्छन्। रुपन्देहीको एसपी भइसकेका नेपाल प्रहरीका एक एसएसपीका अनुसार त्यतिबेला एक पूर्वमन्त्री नै लाइन खुलाउन आग्रह गर्दै आफूकहाँ धाएको स्मरण गर्छन्। ‘मन्त्री भइसकेको मान्छेले तस्करी खुलाउन दबाब दिन मिल्छ भनेर प्रश्‍न गर्दा आफूहरूले ०२२ सालदेखि नै तस्करी गरिरहेको जवाफ दिएका थिए,’ उनी भन्छन्, ‘नेपाल-भारत सीमाको डिमार्केसन भएदेखि नै रुपन्देहीमा तस्करी मौलाएको रहेछ। उनले नै भनेर मैले पनि तस्करीको इतिहासबारे जानकारी पाएको थिएँ।’

झापामा व्यापक तस्करी

यो महिना झापाको काँकडभिट्टास्थित मेची भन्सारले लक्ष्‍यको ७० प्रतिशत पनि राजस्व उठाउन सक्ने देखिएको छैन। कारण हो, झापाको भारतसँगको सीमाबाट भइरहेको व्यापक तस्करी। भन्सार कर्मचारीहरूका अनुसार प्रहरीसँगको मिलेमतोमा झापामा व्यापक तस्करी भइरहेको छ। सोही कारण भन्सारको राजस्व ह्वात्तै घटेको छ।

भारतीय कपडा, मोटर पार्टस्, हार्डवेयरका सामान, कुरमुरे, कुरकुरे, लेज, गुटखा, सुर्ती, कोल्ड ड्रिङ्स, चिनी, चकलेट, मिठाइ र किराना सामानहरूको मुख्य तस्करी भइरहेको छ, ग्रामीण भेगका नाकाबाट। झापाका बजारमा अहिले कोक, फ्यान्टा नेपालको नभई भारतीय उत्पादन छ्यापछ्याप्ती छन्। तस्कर समूहले सामान ओसारपसार गर्दा धानबाली माडियो भन्दै गाउँलेले उजुरी दिन थालेका छन् भन्सार कार्यालयमा। उत्तरको बाहुन्डाँगीस्थित नकलबन्दादेखि काँकडभिट्टानजिकको सतिघट्टा, पुरानो झापा बजार, केचना, गौरीगञ्‍जलगायत नाकाबाट तस्करीका सामान व्यापक पैठारी भइरहेका छन्।

नेपाल प्रहरी मात्र नभई तस्करीलगायत सीमापार अपराध नियन्त्रणका लागि तैनाथ सशस्त्र प्रहरीका कतिपय कर्मचारीसमेत अवैध पैठारीका लागि सहयोगी देखिएका छन्। दुवै प्रहरी नमिली तस्करी सम्भव पनि छैन। किनकि, एउटा मात्र मिल्दा अर्कोले सामान समातिदिन्छ। सशस्त्र प्रहरीले सीमामा सुराकीका लागि खटाएका मानिसहरू नै तस्करका सहयोगी देखिएको भन्सार कर्मचारीहरू बताउँछन्। उनीहरूका अनुसार सशस्त्रको माथिल्लो नेतृत्वलाई नै ती मानिसले गुमराहमा राखिरहेका छन्। ‘त्यसरी परिचालित सशस्त्र प्रहरीहरूले तस्करलाई संरक्षण गरेको र जेन्युइन व्यापारीलाई पक्राउने काम गरिरहेका छन्,’ एक भन्सार कर्मचारी भन्छन्।

सशस्त्र प्रहरीको बोर्डर आउटपोस्टमा खटाइएका कर्मचारीको मिलेमतोमा झापाको सीमाबाट तस्करी गराइरहेको स्थानीय बासिन्दा बताउँछन्। र, तिनीहरूलाई तस्करीविरुद्ध परिचालित टोलीले नै साथ दिएको देखिने उनीहरूको भनाइ छ।

एक भन्सार कर्मचारीका अनुसार तत्कालीन गृहमन्त्री रवि लामिछानेको पालामा सीमामा तस्करी ठप्प भएको थियो। उनले राजीनामा दिएको केही समयपछि नै खुलेको तस्करीको लाइन अहिले व्यापक बनेको छ। हतियारविहीन भन्सार कर्मचारी त्यसलाई रोक्न निरिह देखिएका छन्। तस्करीविरुद्ध प्रहरीले कुनै सहयोग गर्दैन। बरु उल्टै भन्सारविरुद्ध अफवाह फैलाउने गरेको छ।

स्रोतहरूका अनुसार झापाभर १६ जना व्यापारीलाई तस्करीको ठूलो लाइन दिइएको छ। बाहुन्डाँगीदेखि गौरीगञ्‍जसम्म ठाउँ-ठाउँमा ती व्यापारीले तस्करी धन्दा चलाइरहेका छन्। तिनै व्यापारीको सेटिङमा सीमाबाट व्यापक तस्करी भइरहेको छ। स्रोतहरूका अनुसार भन्सार कर्मचारीले कडाइ गरेको ठाउँबाट सारेर भन्सारको पहुँचबाहिर रहेका नाकातिर सर्दै तस्करी भइरहेको छ।

पूर्वका सुनसरी र मोरङका सीमा क्षेत्रबाट पनि प्रहरीको मिलेमतोमा व्यापक तस्करी भइरहेको भन्सार कर्मचारीहरू बताउँछन्। कतिपय ठाउँबाट मसला, काजु, किसमिसलगायत ड्राइ फुडको तस्करी भइरहेको छ। ठाउँ हेरेर अलग-अलग नाकाबाट यस्ता सामानको अवैध पैठारी भइरहेको छ।

कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोला आफ्नो प्रदेशमा भनिएजस्तो व्यापक तस्करी नरहेको दाबी गर्छन्। तस्कर समूहसँग साँठगाँठ र आचरणगत समस्या रहेको आरोप लागेका ३१ जना प्रहरीलाई यसबीचमा सरुवा गरेर पहाडी क्षेत्रमा पठाइएको उनी बताउँछन्। भन्छन्, ‘फेरि फर्केर सीमा क्षेत्रमा आउन चाहनेहरूले तराई इलाकामा व्यापक तस्करी रहेको हल्ला चलाएका हुन सक्छन्। हामी अवैध व्यापार निरुत्साहन गर्न सक्रिय छौं।’

त्यसका लागि सिभिल ड्रेसमा छड्के जाँचलाई व्यापक बनाइएको उनी बताउँछन्। ‘म आफैं सिभिल ड्रेसमा निजी गाडीमा गोप्य रूपमा छड्केमा निस्किरहेको छु। हल्ला गरिएजस्तो व्यापक तस्करी देखिएको छैन,’ उनी भन्छन्, ‘हामीले दैनिकजसो तस्करीबाट पैठारी भएका सामान समातेर भन्सारलाई बुझाइरहेका छौं।’ डीआईजी बाँस्तोलाको दाबी जस्तोसुकै रहे पनि अवैध सामान दैनिकजसो बरामद भइरहेको घटनाले पनि कोशी प्रदेशमा तस्करी व्यापक रहेको संकेत गर्छ।

झापा प्रहरी प्रमुख एसपी दुर्गा रेग्मी पनि जिल्लामा हल्ला गरिएजस्तो व्यापक तस्करी नरहेको दाबी गर्छन्। तथापि, नकलबन्दा, सतिघट्टा, केचना, झापा, गौरीगञ्‍जलगायत नाकामा साइकल र काँधमा बोकेर अवैध सामान भित्र्याउने प्रवृत्तिलाई पूर्ण नियन्त्रणमा राख्‍न नसकिएको उनी स्वीकार्छन्। ‘म यहाँ कसैलाई पैसा बुझाएर आएको होइन र पैसा कमाउन आएको पनि होइन। मलाई करिअरको चिन्ता छ। त्यसैले आफ्नो कर्तव्य पूरा गरेर बसेको छु,’ एसपी रेग्मी भन्छन्। बजारमा व्यापक भेटिने भारतीय सामान झोलेपोके व्यापारीले भित्र्याएको उनको भनाइ छ। भन्छन्, ‘लुकीछिपी रात-रातभर सामान ओसार्ने गर्छन्। जति प्रयास गरे पनि यी झोलेपोके व्यापारीलाई नियन्त्रण गर्न कठिन हुने गरेको छ। बाहुन्डाँगीमा प्रवेश गर्ने भारतीय जंगली हात्तीको झुण्डबाट जोगिन ज्यानकै बाजी राखेर पारिबाट सामान ल्याउन पनि पछि पर्दैनन्।’

वीरगञ्‍जको कथा बेग्लै

वीरगञ्‍जमा भने सञ्‍चारकर्मीहरूले तस्करीविरुद्ध समाचार लेख्‍ने अभियान नै चलाए। त्यसलगत्तै तस्कर समूहलाई बारातिर डाइभर्ट गरिएको छ। अहिले बाराको खुला सीमाबाट धमाधम तस्करीका सामान भित्रिइरहेका छन्। ‘झोलेपोकेहरूले थोरै-थोरै परिमाणमा सामान ल्याउने तस्करी त सदावहार चलिरहेकै छ। नियन्त्रण हुन सकेको छैन। तर, अहिले वीरगञ्‍ज आसपासबाट त्यति ठूलो तस्करी भएको देखिएको छैन। बरु यताको तस्करीको लाइन बारातिर डाइभर्ट भएको देखिएको छ,’ वीरगञ्‍ज भन्सारका एक कर्मचारी भन्छन्। उनका अनुसार बाराको मटिअर्वा, पर्साका सिर्सिया, पन्टोका, जानकीटोला बोर्डरबाट बढी तस्करी भइरहेको पाइएको छ। पन्टोका बजार भारततिर पर्छ।

बारामा त स्थानीय सञ्‍चारकर्मीहरूकै मिलेमतो रहेको समाचार स्थानीय सञ्‍चार माध्यमहरूले नामै किटेर प्रकाशित गरेका थिए। तस्कर समूहहरूले सञ्‍चारकर्मीहरू विरुद्ध मुद्दा नै दायर गरेका छन्।

दुई साताअघि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्‍ठ वीरगञ्‍ज पुगेका थिए। त्यतिबेला उनी तस्करीको सेटिङ मिलाउन त्यहाँ पुगेको आरोप स्थानीय व्यापारीहरूको छ। उनले तस्करीमा संलग्‍न व्यक्तिहरूलाई गोप्य रूपमा भेटेको उनीहरूको दाबी छ। बारा, पर्सामा माओवादी केन्द्रका कार्यकर्ताहरू अवैध पैठारीमा संलग्‍न रहेको देखिएकाले मन्त्री श्रेष्‍ठमाथि नै आरोप सोझिएको हुन सक्छ। तस्करीको लाइनबारे जिज्ञासा राख्‍न मन्त्री श्रेष्‍ठसँग सम्पर्क राख्दा फोन रिसिभ गरेनन्।

वीरगञ्‍ज भन्सारका एक उच्च अधिकारी तस्करी नियन्त्रणका लागि पटक-पटक सुरक्षा निकायसँग बैठक भइरहेको बताउँछन्। भन्छन्, ‘बारा र पर्साका नाका समेटेर छिट्टै सुरक्षा निकायसँग बैठक गर्दैछौं। नाकामा कडाइ गरिरहेकै छौं।’

मधेश प्रदेशकै सिरहाका ठाडी, झाझपट्टी, बरहरी, वरियारपट्टी, औरही र खैरटोका (माडर) नाकाबाट भारततर्फबाट अवैध सामानको पैठारी जारी छ।

सुदूरपश्‍चिम प्रदेशको कैलालीमा बाह्रैमास तस्करी जारी रहन्छ। भारतसँग कैलालीको १०१ किलोमिटर सीमा छ। धनगढी, जुगेडा, कैलारी, भजनी, टीकापुरलगायत नाकाबाट तस्करी हुने गरेको छ, कैलालीमा। पछिल्लो समय तस्करीको सामान बरामद हुने क्रम बढेको छ। त्यसको अर्थ हो, पछिल्ला दिनमा तस्करी पनि उत्तिकै मौलाएको छ । केराउ तस्करी रोक्न खोज्दा ०७७ सालमा धनगढी उपमहानगरपालिका-१० स्थित अस्थायी प्रहरी बिट जुगेडाका इन्चार्ज असई गोविन्द विक र जवान रामबहादुर साउदको तस्कर समूहले हत्या नै गरेको थियो।

आइतबार, भदौ ३१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रदेशको राजनीतिले फेरि बामपन्थीलाई एकै थलोमा उभ्याउँदै ! सिद्धान्तको एकता कि सत्ताको बाध्यता ?
झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !
झटारो : सरकार, तिमी हरायौ कि जनता हराए ?
घर फर्किएका चार सपना : एउटा पत्र, एउटा यात्रा र पुनर्मिलनको क्षण
झटारो : मने कमरेटको कन्तबिजोग !
झटारो : सरकारी थर्काइबाट थकित, हैरान धनिराम !

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.