काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ भन्दैमा सबै राम्रा नहुने भएकाले नयाँका नाममा आएका खराब व्यक्तिहरूबाट नसिक्न आग्रह गरेका छन्।
‘बासँग बालबालिका’ कार्यक्रमका बालबालिकाकाे प्रश्नकाे उत्तर दिँदै ओलीले नयाँ र पुस्तान्तरणका नाममा खराब चरित्रलाई साथ नदिन बालबालिका तथा किशोर किशोरीलाई आग्रह गरेका हुन्।
‘नयाँका नाममा आएका खराब चिन्न सक्नुपर्छ। पुस्तान्तरको नाममा आएका खराबहरूबाट टाढा रहनुस्। जेनेरशन ग्र्याब भनेको आइँच ब्रो भन्नु होइन। तपाईँहरू मेहनती बन्नुस्’ ओलीले भने।
ओलीले राम्रा मान्छे हरेक क्षेत्रमा हुने भन्दै नकारात्मक कुराहरू मात्रै नहुने बताए। आफ्नो जीवनका भोगाइहरू सुनाउँदै एक जना प्रहरीका डिएसपीले जेलबाट मार्ग लगेका बेला यस्तो देशभक्त व्यक्तिलाई मार्न हुँदैन भनेर माथिल्लो निकायमा लगेर बुझाइदिएकाले बाँच्न सफल भएको बालबालिकालाई सुनाए।