काठमाडाैं– लेबनानको सबैभन्दा ठूलो प्यालेस्टिनी शिविरमा बुधबार राति भएको झडपमा कम्तीमा छ जनाको मृत्यु भएको छ भने दर्जनभन्दा बढी गम्भीर घाइते भएका छन्।
Advertisement
दक्षिणी बन्दरगाह शहर सिडोनको बाहिरी इलाकामा रहेको आइन अल-हिल्वेह शरणार्थी शिविरमा अघिल्लो सातादेखि भइरहेकाे फताह आन्दोलनका सदस्य र सशस्त्र लडाकु समूहबीचको झडपले बुधबार घातक रुप लिएको अल जजिराले जनाएको छ।
प्यालेस्टाइन शरणार्थीहरूको लागि संयुक्त राष्ट्रसङ्घीय राहत निकाय युएनआरडब्ल्युएका अनुसार द्वन्द्वले सयौँ विस्थापित भएका छन्। धेरैले स्थानीय मस्जिद, विद्यालय र सिडोन नगरपालिका भवनमा शरण लिएका छन्। करिब एक हजार दुई सय जनालाई नजिकैका विद्यालयमा सारिएको छ।
संयुक्त राष्ट्रसङ्घकाअनुसार लेबनानमा व्यवस्थापन गरिएका १२ शरणार्थी शिविरमध्ये इन अल-हिल्वेहमा ५५ हजार शरणार्थी छन्।