काठमाडौं- संविधानसभा अध्यक्ष तथा प्रमुख विपक्षी दल एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएको छ।
Advertisement
बालुवाटारस्थित निवासमा हृदयाघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो। राति डेढ बजेतिर हृदयाघातपछि अस्पताल पु¥याइएका नेम्वाङको अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको परिवारले जनाएका छन्। नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन्।