• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

‘स्क्यान्डल मन्त्री’ आलेको ध्यान क्यासिनोतिर, तीन महिनामा बाँडे पाँच क्यासिनोलाई लाइसेन्स


शनिबार, माघ ०८, २०७८ मा प्रकाशित

Advertisement

काठमाडौं- सस्तो लोकप्रियताका लागि विभिन्न ‘स्टन्ट’मा व्यस्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले भित्रभित्रै अर्कै ध्याउन्नमा देखिन्छन्। पद सम्हालेको तीन महिना बित्दा नबित्दै उनले पाँचवटा क्यासिनोलाई लाइसेन्स दिइसकेका छन्।

पर्यटन विभागका एक अधिकारीका अनुसार क्यासिनोलाई लाइसेन्स दिने अधिकार उनले आफैंसँग राखेका छन्। अहिले क्यासिनोलाई लाइसेन्स दिने सबै निर्णय मन्त्रीस्तरबाटै भएका छन्। सोहीअनुसार २ कात्तिकमा झापा मेचीनगरको होटल मेची क्राउनमा क्यासिनो भेगासलाई मन्त्री आलेले लाइसेन्स दिएका छन्। यो झापामा खुलेको पहिलो पूर्ण क्षमताको क्यासिनो हो।

यस्तै, ९ कात्तिकमा नेपालगञ्जको होटल स्नेहास्थित क्यासिनो बेल्लिजलाई मन्त्री आलेले लाइसेन्स दिए। यो काठमाडौंस्थित होटल मल्लमा रहेको बेल्लिजकै स्वामित्त्वको क्यासिनो हो। यसैगरी, मन्त्री आलेले १२ कात्तिकमा नेपालगञ्जकै होटल स्टारस्थित भेन्यू रिक्रिएसनलाई क्यासिनो लाइसेन्स दिए।

त्यसअघि संस्कृति, पर्र्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले १५ असोजमा भैरहवाको होटल नान्सस्थित सिद्धार्थ गेमिङ जोनलाई लाइसेन्स दिएका थिए। त्यसपछि नेपालगञ्जको होटल कल्पतरुस्थित ‘ॐ त्रयम्बकम्’ क्यासिनोलाई मन्त्री आलेले १६ पुसमा लाइसेन्स दिएका छन्। यस्तै, नेपालगञ्जको होटल सिटी प्यालेसस्थित केपीएफ इन्टरटेनमेन्टलाई १४ पुसमा क्यासिनो सञ्चालनको अनुमति दिएका छन्। क्यासिनो भेगासबाहेकका सबै ‘मिनी क्यासिनो’ हुन्।

नयाँ अनुमतिसँगै नेपालगञ्जमा मात्र ६ वटा क्यासिनो भएका छन्। यसअघि होटल भ्यू सिद्धार्थमा ज्याकपोट गेमिङ सेन्टर र होटल स्नेहामा क्यासिनो ह्याप्पी आवर सञ्चालनमा थिए। यस्तै, नयाँ अनुमतिसँगै देशभर सञ्चालनमा रहेको क्यासिनो संख्या ३० पुगेको छ। यसअघि झापा काँकडभिट्टाका होटल ढाकामा क्यासिनो ह्याप्पी आवर र होटल रियाजमा क्यासिनो सञ्चालनमा थिए।

खासगरी, सम्पत्ति शुद्धीकरणको मुद्दा खेपिरहेका बलराम सापकोटाको झापा मेचीनगरस्थित होटल मेची क्राउन प्लाजामा क्यासिनो खोल्न मन्त्री आलेले अनुमति दिएका छन्। उक्त होटलमा क्यासिनो भेगास सञ्चालनमा आइसकेको छ।

सापकोटाविरुद्ध १७ करोड ५२ लाख ७७ हजार २६० रुपैयाँ अवैध सम्पत्ति रहेको दाबीसहित सम्पत्ति शुद्धीकरण विभागले १९ असोज ०७७ मा विशेष अदालतमा मुद्दा दायर गरेको छ। उनकी श्रीमती सिर्जना कक्षपतिविरुद्ध पनि दुई करोड ५८ लाख ६४ हजार ७४४ रुपैयाँ बिगो दाबी गर्दै विभागले मुद्दा दायर गरेको छ। दुवैसँग गरी २० करोड ११ लाख ४२ हजार रुपैयाँ बिगोदाबी गरिएको छ।

काभ्रे रोशी गाउँपालिकाका सापकोटा ९ कात्तिक ०७६ मा महाराजगञ्जमा जुवा अड्डाबाट दुई करोड ६७ लाख नगदसँगै हाई प्रोफाइल २५ जुवाडेसँगै पक्राउ परेका थिए। त्यसपछि उनको सम्पत्ति छानविन शुरु भएको थियो। काठमाडौं दरबारमार्ग क्षेत्रका गुण्डा नाइके सापकोटा ‘क्यासिनो किङ’का रूपमा पनि परिचित छन्। उनै सापकोटाले सञ्चालन गरेको क्यासिनो भेगासलाई पर्यटन मन्त्री आलेले सञ्चालन अनुमति दिएका हुन्।

तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराई र सचिव यादव कोइरालाले ‘प्रक्रिया नपुगेको’ टिप्पणी उठाएर क्यासिनो चलाउन सापकोटाले दिएको निवेदन फिर्ता गरेका थिए। सोही निवेदनलाई सोझै तानेर मन्त्री आलेले क्यासिनो सञ्चालनका लागि अनुमति दिएको मन्त्रालयले स्रोतले जनाएको छ। प्रक्रियागत रूपमा महाशाखाहरू हुँदै सचिव र सचिवबाट मन्त्रीकहाँ फाइल पुगेर क्यासिनोको लाइसेन्स दिने चलन छ। ‘यसपटक मन्त्री आफैंले सीधै फाइल तानेर लाइसेन्स बाँडेका छन्,’ एक क्यासिनो सञ्चालक भन्छन्।

‘सरकारी दस्तुर तिर्न बाँकी छँदा पनि क्यासिनो सञ्चालनको अनुमति मन्त्रालयबाट पाइँदैन, सापकोटा त सम्पत्ति शुद्धीकरणमा मुद्दा नै झेलिरहेका छन्। फेरि उनैलाई क्यासिनो सञ्चालनको अनुमति कसरी दिइयो ?’ एक क्यासिनो सञ्चालक भन्छन्, ‘उनको खराब रेकर्डकै कारण यसअघिका मन्त्रीहरूले क्यासिनो सञ्चालन अनुमति दिन मानेका थिएनन्। अहिले सजिलै अनुमति पाएका छन्।’

‘सीमा क्षेत्रतिर धमाधम क्यासिनो सञ्चालनको अनुमति दिँदा काठमाडौंका क्यासिनोलाई असर पर्छ, हाम्रा अधिकांश ग्राहक बोर्डरतिरै जान्छन्,’ काठमाडौंका एक क्यासिनो सञ्चालक भन्छन्, ‘यसरी अनियन्त्रित रूपमा क्यासिनो सञ्चालन अनुमति दिएर व्यवसाय बढ्ने नभई झनै अस्वस्थ प्रतिस्पर्धा मौलाउँछ।’

उनका अनुसार कोरोना महामारीका कारण यसै पनि क्यासिनोहरू धरासायी अवस्थामा छन्। त्यसमाथि थप क्यासिनो खुल्दा त्यसले मुलुकको पर्यटनलाई योगदान दिने नभई अस्वस्थ प्रतिस्पर्धा बढेर विकृति बढ्ने उनको भनाइ छ।

अहिले नेपालमा भारतीय, चिनियाँ र बंगालादेशी ग्राहकले नेपालका क्यासिनो धान्दै आएका छन्। कोरोनाका एकपछि अर्को भेरियन्टका कारण भारतीय र बंगालादेशी ग्राहक नै नेपाल आउन पाएका छैनन्। आफ्नो भूभागमा अत्यन्त कडाइका कारण चिनियाँ नागरिक मुलुकबाहिर निस्किन पाएका छैनन्।

मेची क्राउनको ‘भेगास’ले लाइसेन्स पाउनुअघि काठमाडौं, भैरहवा र नेपालगञ्जमा १० वटा ठूला क्यासिनो सञ्चालनमा थिए। काकठमाडौंमा होटल सांग्रिलामा एचएसएल, होटल सोल्टीमा क्यासिनो माजोङ, होटल हायातमा क्यासिनो प्राइड, होटल डेला अन्नपूर्णमा एटलान्टिक रिक्रिएसन, होटल मेरियटमा श्री डेल्टइन नेपाल प्रालि, होटल याक एन्ड यतीमा क्यासिनो रोयल, होटल मल्लमा बेल्लिज नेपाल प्रालि र होटल ¥याडिसनमा क्यासिनो ¥याड सञ्चालनमा छन्। यस्तै, भैरहवामा होटल टाइगर वनमा टाइगर प्यालेस क्यासिनो र नेपालगञ्जको होटल सोल्टी बिक्रममा इम्पेरियल इन्टरटेनमेन्ट प्रालि सञ्चालनमा छन्।

यस्तै, बोर्डर क्यासिनोका रूपमा विराटनगरमा होटल रत्नामा सीएमजी क्लब र होटल स्वागतममा क्यासिनोले लाइसेन्स लिएका छन्। दुवै अहिले बन्द छन्। वीरगञ्जमा होटल भिस्वामा सीएमजी क्लब र होटल सुरजमा क्यासिनो रक सञ्चालनमा छन्। सिमराको होटल इच्छामा फोर क्विन क्यासिनो, नेपालगञ्जमा होटल भ्यू सिद्धार्थमा ज्याकपोट गेमिङ सेन्टर र होटल स्नेहामा क्यासिनो ह्याप्पी आवर सञ्चालनमा छन्।

धनगढीमा होटल साथीमा क्यासिनो रक, भैरहवामा होटल नान्समा क्यासिनो रक र होटल लाकौलमा क्यासिनो ह्याप्पी आवर, कञ्चनपुर महेन्द्रनगरमा होटल स्विटड्रिममा क्यासिनो ह्याप्पी आवर र होटल ओपेरामा सीएमजी क्लब तथा काठमाडौंको होटल प्लाटिनममा सीएमजी क्लबले क्यासिनो चलाउँछन्। यी सबै मिनी क्यासिनो हुन्।

शनिबार, माघ ०८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
प्रदेशको राजनीतिले फेरि बामपन्थीलाई एकै थलोमा उभ्याउँदै ! सिद्धान्तको एकता कि सत्ताको बाध्यता ?
झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !
झटारो : सरकार, तिमी हरायौ कि जनता हराए ?
घर फर्किएका चार सपना : एउटा पत्र, एउटा यात्रा र पुनर्मिलनको क्षण

भर्खरै

  • १.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    टिपरको ठक्करबाट मृत्यु

  • ४.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

  • ५.
    कारागारबाट फरार माझी पक्राउ

  • ६.
    घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

  • ७.
    देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

  • ८.
    इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.