झापा– झापामा २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेकाे छ।
Advertisement
कनकाई नगरपालिका-३ सुरूङ्गा बस्ने २३ वर्षीय महमद कमाललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ।
कमालले ती महिलालाई बिवाह गर्ने आश्वसन देखाई अर्जुनधारा नगरपालिका-११ स्थित सालबाडी जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरी परेकाे प्रहरीले बताएकाे छ।
साेही उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
प्रहरीले घटनाकाे सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएकाे छ।