काठमाडौं- महोत्तरी बलवा नगरपालिका-५ बलवा टोल बस्ने रामअसरे यादवकी छोरी ९ वर्षीया रोसनी यादवको सोही ठाउँस्थित कुलोमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ ।
Advertisement
सिरहा सुखिपुर नगरपालिका-५ मुसहरी टोल बस्ने २५ वर्षीय दिपेन्द्र सदायको सोही ठाउँस्थित पोखरीमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ । नुहाउने क्रममा पानीमा डुबी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिलौर्वापछबारीबाट खटिएको प्रहरीले स्थानीय वासिन्दाको सहयोगमा खोजी गर्दा उनको शव फेला पारेको हो ।