कठमाडौं– सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको ठहर गर्दै पदमुक्त हुने आदेश दिएको छ।
Advertisement
न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीको पुर्ण इजलासले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा हिक्मत कार्कीलाई नयाँ मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखका नाममा परमादेश जारी गरेको छ।
मत बराबर नभएको अवस्थामै सभाध्यक्षलाई प्रयोग गरेर मत लिएकाे भन्दै सर्वाेच्चले साे मतलाई असंवैधानिक भएकाे बताएकाे हाे। सर्वाेच्चकाे आदेशसँगै उनी मुख्यमन्त्रीबाट पदमुक्त भएका छन्।