काठमाडौं- धनुषा शहिदनगर नगरपालिका-६ हरवाडा चपुतरा चोकस्थित पोखरीमा डुबेर सोही ठाउँस्थित मामाघर बस्दै आएका सिरहा कर्जनाहा नगरपालिका-२ बन्दिपुर बस्ने महेन्द्र मण्डलको छोरा ३ वर्षीय अनुराग मण्डलको शुक्रबार बिहान मृत्यु भएको छ । अचानक लड्दा पोखरीमा डुबेर गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
Advertisement
पर्वत फलेवास नगरपालिका-३ शङखरपोखरी घर भई सोही नगरपालिका-४ शिरसुवा बस्ने ६२ वर्षीया हरिकला नेपालीको सोही ठाउँस्थित सिचाईको कुलोमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।