काठमाडौं- काठमाडौं महानगरपालिका–२ लाजिम्पाट गैरीधारा डेरा गरी बस्ने दोलखा सैलुङ गाउँपालिका–६ घर भएका ३५ वर्षीय राजन ढुंगेल आफ्नै डेरा कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
Advertisement
कपिलवस्तु, बुद्धभूमि नगरपालिका–७ संगमडिहवा बस्ने २८ वर्षीय रामबलि कुर्मी सोही ठाउँस्थित खेतमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । गोरखा, सिरानचोक गाउँपालिका–४ भरलाबोट बस्ने ४६ वर्षीय रमेश विक सोही
ठाउँस्थित चेपे नेपालीको घरको पिँढीमा रहेको खाटमा बिहीबार मृत अवस्थामा फेला परेको छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।