काठमाडौं- सप्तरी छिन्नमस्ता गाउँपालिका-२ रम्पुरा टोल बस्ने शैलेन्द्र मण्डलको छोरा १२ वर्षीय आशिक मण्डलको सोही ठाउँस्थित घोरद नदीमा नुहाउने क्रममा डुबेर मंलगबार दिउँसो मृत्यु भएको छ ।
Advertisement
बारा महागढिमाई नगरपालिका-९ कञ्चनपुर बस्ने हिरालाल सहनीको छोरा १० वर्षीय सोनु कुमार सहनीको सोही नगरपालिका-९ स्थित नहरमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर अशक्त भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल कलैयातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।