• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

त्यो गीत, जसले सम्झायो नेपाल-पाक सिने साइनो


मङ्गलबार, भदौ १२, २०८० मा प्रकाशित

टिकटकमा अहिले पाकिस्तानी गीत ‘जिन राहों से तेरा गुजर हो’ भाइरल छ, जसले ४० वर्षअघिको नेपाल-पाक सिने साइनोको याद ताजा गराउँछ।

Advertisement

काठमाडौं- अहिले टिकटकमा एउटा पाकिस्तानी गीत भाइरल छ। ‘जिन राहों से तेरा गुजर हो’ बोलको यो गीतमा नेपाल, पाकिस्तान र कश्मीरका बासिन्दाले बढी भिडियो बनाएका छन्। हालसम्म १२ लाखभन्दा बढी टिकटक प्रयोगकर्ताले उक्त गीतलाई पार्श्‍व बनाएर भिडियो तयार पारेका छन्।

पाकिस्तानको गीतमा भारतीय र पाकिस्तानी नागरिकले भिडियो बनाउनुलाई स्वाभाविकै मानिएला। नेपाली प्रयोगकर्ता यसमा कसरी जोडिए ? यसमा गाँसिन्छन्, अभिनेता शिव श्रेष्‍ठ। नेपाली चलचित्रमा चर्चा बटुल्नुअघि अभिनेता श्रेष्‍ठ पाकिस्तानी सिनेमामा जमिसकेका थिए।

उनैले अभिनय गरेको पाकिस्तानी सिनेमा ‘हम से है जमाना’को गीत हो यो। र, त्यो सिनेमाको नेपाली डबिङ चलचित्र ‘जीवन ज्योति’मा उक्त गीत हुबहु नेपालीमा उल्था गरेर गीत तयार पारिएको थियो, ‘जहिले जहिले तिमीलाई देखुँ मनले यो गाओस्’। र, त्यस गीतमा स्वर दिएकी थिइन्, गायिका सुक्मित गुरुङले।

पाकिस्तानी गीतमा रमाइरहेका टिकटक प्रयोगकर्ता अहिले गायिका गुरुङको स्वरमा रहेको ‘जहिले जहिले तिमीलाई देखुँ मनले यो गाओस्’तर्फ पनि मोडिएका छन्। जसकारण पप, र्‍यापको जमानाका दर्शक-स्रोताले पनि गायिका गुरुङको सुरिलो स्वरको प्रशंसा गरिरहेका छन्।

सन् १९८५ मा बनेको पाकिस्तानी सिनेमा ‘हम से है जमाना’मा नेपाल, पाकिस्तान र बंगलादेशका लगानीकर्ताको संयुक्त लगानी थियो। र, सोही सिनेमामा गायिका नहिद अख्तरले ‘जिन राहों से तेरा गुजर हो’ गीतमा स्वर दिएकी थिइन्। यसलाई पाकिस्तानमा सदाबहार चर्चित गीतको श्रेणीमा राख्‍ने गरिएको छ।

गायिका अख्तरलाई ‘नाइटिंगेल अफ पाकिस्तान’को उपनाम पनि दिइएको छ। खासगरी, १९७० र १९८० को दशकमा उनले पाकिस्तानी सिनेमाका धेरै गीतमा स्वर दिएकी थिइन्। उर्दू र पञ्‍जाबी भाषाका सहित उनले हालसम्म ५९० वटा गीतमा स्वर दिइसकेकी छन्।

‘जिन राहों से तेरा गुजर हो’ गीतको नेपाली भाषामा ठ्याक्कै अनुवाद गरेका थिए- गोपालजी नेपालीले। र, गीत तयार भएको थियो- ‘जहिले जहिले तिम्लाई देखुँ।’ यसमा संगीत चन्द्रराज शर्माको थियो भने स्वर गायिका गुरुङको।

यो गीत रेकर्डिङका लागि ३८ वर्षअघि पाकिस्तान नै पुग्‍नुपरेको गायिका गुरुङ स्मरण गर्छिन्। उनका अनुसार गीत रेकर्डिङका लागि पाकिस्तान पुग्दा गर्मीले आलसतालस पारेको अनुभूति उनको मन मस्तिष्‍कमा ताजै छ।

पाकिस्तानी भाषामा यो गीत पहिले नै रेकर्ड भइसकेको थियो। त्यसैलाई नेपालीमा अनुवाद गरेर गाउनुपर्ने भएकाले गीतमा शब्द संयोजनका लागि रचनाकार गोपालजी नेपालीले नेपालबाटै नेपाली शब्दकोष बोकेर गएको गुरुङ स्मरण गर्छिन्। भन्छिन्, ‘त्यसअघि मैले यसरी  एक-एक शब्द उल्था गरेर गाउनुपरेको थिएन। यस गीतमा भने हरेक शब्द छनोटपछि बल्ल मैले गाउन पाएकी थिएँ।’

शब्द छनोटमा समय लागे पनि गीत तयार भएपछि भने आफूले गाउन धेरै समय नलिएको उनी बताउँछिन्। ‘मैले यो गीत दुई टेकमै सकाएकी थिएँ,’ उनी भन्छिन्, ‘मैले दुई टेकमै गीत सकाएको देख्दा पाकिस्तानी गायक-संगीतकारले मेरो आवाजको निकै प्रशंसा गरेका थिए।’

नेपालमा पनि चलचित्र ‘जीवन ज्योती’को यो गीतले निकै चर्चा बटुल्यो। यो गीतमा अभिनेत्री मिथिला शर्माले नृत्य गरेकी थिइन्। र, अन्‍नपूर्ण ट्राभल्सका मालिकको घरमा गीतको सुटिङ गरिएको गायिका गुरुङ बताउँछिन्। एउटै गीतलाई पाकिस्तानी र नेपाली भाषामा डबिङ गरिएको थियो।

यो गीत चर्चित भएपछि अभिनेता श्रेष्‍ठले अभिनय गरेका अन्य पाकिस्तानी-नेपाली चलचित्रमा पनि गायिका गुरुङले पार्श्‍व गायनको अवसर पाइन्। गायिका गुरुङले पनि शिवका दुई पाकिस्तानी-नेपाली सिनेमामा पार्श्‍व गायनको अवसर पाएकी थिइन्। ती सिनेमा थिए, ‘धर्ति आकाश’ र ‘हामी एक हौं’।

सन् १९८४ देखि १९९४ सम्म अभिनेता श्रेष्‍ठले एक दर्जनभन्दा बढी पाकिस्तानी सिनेमामा अभिनय गरे। तीमध्ये सातवटालाई उत्कृष्‍ट मानिन्छ। तीमध्ये कतिपयले त ५० सातासम्म लगातार हलमा चलेर ‘गोल्डेन जुब्ली’ नै मनाएका थिए। अधिकांश पाकिस्तानी चलचित्र नेपालीमा पनि डबिङ गरिएको थियो। र, पाकिस्तान-नेपाल दुवैतिर सुटिङ भएका थिए।

अभिनेता श्रेष्‍ठले अभिनय गरेका पाकिस्तानी चलचित्रमध्ये चर्चित छन्, हम एक हैं (नेपालीमा ‘हामी एक हौं’), हम से हैं जमाना (नेपालीमा ‘जीवन ज्योति’), लावा (नेपालीमा ‘टाइगर’), लभ इन नेपाल (नेपालीमा ‘ममता’), मिस बैंकक (नेपालीमा ‘प्रायश्चित’), सात सहेलियाँ (नेपालीमा ‘अभियान’) र जमिन आसमान (नेपालीमा ‘धर्ति आकाश’)।

‘एक्सन किङ’ शिव

नेपाली सिने क्षेत्रमा सुपरिचित नाम हो, शिव श्रेष्‍ठ। उनी सफल नेपाली अभिनेता हुन्। नेपाली चलचित्रमा उनी ‘एक्सन किङ’का रूपमा परिचित छन्।

सन् १९८० मा बनेको ‘जीवन रेखा’ फिल्मबाट नेपाली चलचित्र जगत्मा पाइला टेकेका उनले थुप्रै व्यावसायिक रूपमा सफल चलचित्र दिएका छन्। उनका सफल चलचित्रहरूमा जीवन रेखा, चिनो, मनकामना, धर्म संकट, मिलन, ठूल्दाइ, राजु राजा राम, जेठो कान्छो, सक्कली नक्कलीलगायत छन्।

सन् १९८०, १९९० र २००० को दशकमा उनले दिएका उत्कृष्‍ट चलचित्रका आधारमा श्रेष्‍ठलाई नेपाली फिल्म उद्योगको बलियो स्तम्भ मानिन्छ। उनी सिने जगतमा ‘ठूल्दाइ’को उपनामले पनि परिचित छन्।

विसं २०४० को दशकमा नेपाल र पाकिस्तानको संयुक्त लगानीमा धेरै चलचित्र बनेका थिए। ती चलचित्रहरूलाई नेपालमा पनि नेपालीमा डबिङ गरेर हलमा चलाइएको थियो।

शिव श्रेष्‍ठले सन् १९८५ मा ‘हम से है जमाना’ बाट पाकिस्तानी फिल्ममा डेब्यु गरेका थिए। यो फिल्म नेपाल, पाकिस्तान र बंगलादेशमा निकै हिट भएको थियो। पहिलो फिल्मबाटै उनले पाकिस्तानमा आफ्नो अभिनयको गहिरो छाप छाड्न सफल भएका थिए। यो फिल्मले गोल्डेन जुब्ली मनाएको थियो।

सन् १९८५ मै शिव श्रेष्‍ठको अर्को पाकिस्तानी फिल्म ‘जमिन आसमान’ प्रदर्शन भएको थियो। यो चलचित्रले पनि पाकिस्तानमा ‘गोल्डेन जुब्ली’ मनाउन सफल भएको थियो। उनको तेस्रो सर्वोत्कृष्‍ठ पाकिस्तानी फिल्म ‘लावा’ हो, जुन सन् १९८६ मा रिलिज भएको थियो। यो फिल्मले पाकिस्तानमा रजत जयन्ती मनाएको थियो।

श्रेष्‍ठको चौथो सुपरहिट पाकिस्तानी फिल्म ‘टाइगर’ हो, जुन सन् १९८६ मा रिलिज  भएको हो। सन् १९८७ मा ‘चोरों कि बारात’ फिल्म प्रदर्शनमा आएको थियो।। त्यसै वर्ष उनका अन्य दुई पाकिस्तानी फिल्म ‘डिस्को डान्सर,’ ‘बदला’ रिलिज भएका थिए। यी दुवै फिल्मले ‘सिल्भर जुब्ली’ मनाउन सफलता पाएका थिए।

सन् १९८८ मा उनको अर्काे पाकिस्तानी फिल्म ‘हंगामा’ रिलिज भयो। जुन फिल्मले पनि ‘गोल्डन जुब्ली’ मनाउन सफल भएको थियो। सन् १९८९ मा एकै वर्ष श्रेष्‍ठका ‘दुश्मनों के दुश्मन,’ ‘लेडी कमान्डो’ र ‘इन्तकाम हम लेंगे’ फिल्म पनि रिलिज भएका थिए।

यस्तै, १०९३ मा ‘मजबुत’ र  १९९८ मा ‘खतरनाक हसिना’ रिलिज भएका थिए। १९८६ मा उनको फिल्म ‘बैंकक के चोर’ रिलिज भएको थियो। श्रेष्‍ठले अभिनय गरेका कतिपय पाकिस्तानी चलचित्र अहिले पनि युट्युबमा हेर्न सकिन्छ।

मङ्गलबार, भदौ १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रदेशको राजनीतिले फेरि बामपन्थीलाई एकै थलोमा उभ्याउँदै ! सिद्धान्तको एकता कि सत्ताको बाध्यता ?
झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !
झटारो : सरकार, तिमी हरायौ कि जनता हराए ?
घर फर्किएका चार सपना : एउटा पत्र, एउटा यात्रा र पुनर्मिलनको क्षण
झटारो : मने कमरेटको कन्तबिजोग !
झटारो : सरकारी थर्काइबाट थकित, हैरान धनिराम !

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.