• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

केरामा पानामा रोग देखिएपछि किसान चिन्तित


बिहिबार, भदौ ०७, २०८० मा प्रकाशित

कैलाली– कैलालीको टीकापुर क्षेत्रभित्र केराखेतीमा पानामा रोग देखा पर्न थालेपछि केरा किसान चिन्तित बनेका छन्। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को अनुसन्धान टोलीले केराबारीबाट लिएको नमुनाको ल्याब परीक्षणका क्रममा केराखेतीमा पानामा रोगको सङ्क्रमण पुष्टि भएपछि किसान चिन्तित बनेका हुन्।

Advertisement

टीकापुरमा कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने सम्बन्धमा छलफल गर्न गत साउन १० गते टीकापुर आएको नार्कको टोलीले नौ वटा केराबारीको अवलोकन गरेको थियो। राष्ट्रियबाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा रामबहादुर खड्कासहित सुदूरपश्चिम विश्वविद्यालय कृषि सङ्कायका उपप्राध्यापक सन्तोष उपाध्याय र आशिष घिमिरले करिब आठ हजार केराका बोटको प्रत्यक्ष अवलोकन गरेका थिए।

अवलोकनका क्रममा ‘पानामा विल्ट’सँग मिल्दोजुल्दो लक्षण देखिएपछि नमुना सङ्कलन गरी प्रयोगशाला परीक्षण(कल्चर)गर्दा ‘फ्युजारिय अक्सिस्पोरियम क्युवेन्सि’नामका बीजाणु भेटिएको रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा रामबहादुर खड्काले बताए। “प्राइमर राखी पिसिआर गर्दा पोजेटिभ देखिएपछि पिसिआर प्रोडक्टलाई हङकङस्थित बेइजिङ जिनोमिक इन्स्टिच्युटमा परीक्षण गर्दा यसमा ‘ट्रोपिकल रेस टिआर चार’ भएको पुष्टि भएको थियो”, उनले भने।

अहिले ग्रिन हाउसमा तीन भिन्नभिन्न जातका केराका बोटलाई कृत्रिम रूपमा राखेर यसको लक्षण तथा विकासक्रमलाई अध्ययन गरिरहेको डा खड्काले बताए। “हामीले अहिले पनि अध्ययन गरिरहेका छौँ। त्यसको अनुसन्धानका लागि तीन सदस्यीय समिति पनि बनिसकेको छ” उनले भने, “त्यो बेला केही बारीको मात्रै नमुना ल्याएका थियौँ, अब सबै बारीको नमुनाको परीक्षण गरेपछि त्यसको नतिजा अनुसार अगाडि बढ्नुपर्छ।”

केरा व्यवसायी महासङ्घ कैलालीका उपाध्यक्ष टेकेन्द्र धामीले केरामा पानामा प्रजातीको रोग पुष्टि भएपछि किसान चिन्तित बनेका बताए। लाखौँ लगानी गरेर गरिएको खेतीमा सङ्क्रामक रोग देखिएपछि केराखेतीबाट विस्थापित हुनुपर्ने चिन्तामा किसान रहेका उनले बताए।

“रोग पुष्टि भएपछि हामीले सबै किसानलाई सँगै राखेर सम्बन्धित निकायसँग छलफल चलाएका छौँ”, धामीले भने, “छलफलबाट कस्तो निर्णय आउँछ, त्यसैअनुसार अगाडि बढ्छौँ ।” कैलालीमा करिब सात सय हेक्टरमा केराखेती हुँदै आएको छ। त्यसमध्ये टीकापुर क्षेत्रमा मात्रै पाँच सयभन्दा बढी हेक्टरमा केराखेती हुँदै आएको छ। यहाँ तीन सय भन्दा बढी किसान व्यावसायिक केरा खेतीमा आबद्ध छन्।

केरा व्यवसायी खेमप्रसाद ढुङ्गानाले केरामा देखिएको रोगका कारण किसानलाई चिन्तित बनाएको बताए। केरामा राम्रो आम्दानी देखेर लाखौँ खर्च गरेर भरखरै व्यवसाय सुरु गरेका किसान बढी चिन्तित देखिएको उनले बताए। उनका अनुसार किसानले एक बिघादेखि एक सय बिघासम्म केरा खेती गर्दै आएकाे बताए।

“बारीमा पानामा रोगको सङ्क्रमण देखिएको विज्ञशरुले बताएका छन्”, ढुङ्गानाले भने, “यदी सङ्क्रमण सबै ठाउँ फैलियो र राज्यबाट उचित राहत प्याकेज नआउने हो भने कोही पनि किसान उठ्नसक्ने स्थितिको रहने छैन।”

टीकापुर नगरपालिकाका उपप्रमुख खडक शाहले केही किसानले केरामा समस्या देखिन थालेको भन्ने बताएपछि नार्कको टोली यहाँ आएको समयमा केराखेतीको अवलोकनका साथै नमुना परीक्षण गराइएको बताए। “केरामा रोग लागेको शङ्कामा नमुना लिइएको हो”, उनले भने, “हाम्रा लागि निकै ठूलो चिन्ताको विषय बनेको छ। किसानलाई सचेत हुन आग्रह गरेका छौँ। मातहतका क्षेत्रलाई अनुसन्धानका लागि निर्देशन दिने काम पनि गरिसकेका छौँ।”

रानी जमरा कुलरिया सिँचाइ आयोजना कार्यक्रम कार्यान्वयन इकाइका प्रमुख कलशराम चौधरीले केरामा देखिएको पानामा रोगको सङ्क्रमणले किसान केरा खेतीबाट विस्थापित हुने अवस्था आएको बताए। उनले आयोजनाले केरा खेतीका लागि सिँचाइको क्षेत्रमा ठूलो लगानी गरेको जनाउँदै रोगको न्यूनीकरणका लागि सम्बन्धित निकायसँग छलफल चलाइएको बताए।

“नमुना परीक्षणले रोग पुष्टि भइसकेको छ। अब यसलाई अन्य ठाउँमा फैलिन नदिनका लागि किसानलाई सचेत गराउने काम सुरु गरेका छौँ”, प्रमुख चौधरीले भने, “सम्बन्धित निकायसाग रोग नियन्त्रणका लागि पहल गरिदिन छलफल चलाएका छौँ। छलफलबाट आएको निष्कर्ष अनुसार अगाडि बढ्नेछौँ।” उनका अनुसार आयोजनाले वार्षिक करोडौँ रकम केराखेती विस्तारका लागि किसानलाई अनुदान उपलब्ध गराउँदै आएको छ।

के हो पानामा रोग?

पानामा रोग केरा खेतीमा लाग्ने एक प्रकारको सङ्क्रामक रोग हो। यो रोग पहिलो पटक अस्ट्रेलियामा सन् १९९७ मा देखिएको थियो। यो रोग लागेमा सुरुमा पुराना पातको फेद पहेँलो हुन्छ। त्यसपछि, पातको किनारा पहेँलिन थाल्छ र पात सुकेर डाँठ भाँचिन्छन्। थाम ठाडो चिरेरभित्र हेर्दा खैरो गानाबाट टुप्पातिर फैलिएको देखिन्छ। जराहरू कालो हुन्छन् र सड्छन्, जसले गर्दा पानामा ओइलाउने रोग लगाउने ढुसी केरामा प्रवेश गर्न सहयोग पुग्दछ।

सङ्क्रमण देखिएको बारीबाट अर्को बारीमा जाँदा जुत्ता, चप्पलमा लागेर गएको माटोले अर्को बारीमा पनि सङ्क्रमण फैलिने खतरा हुने विज्ञहरु बताउँछन्। सङ्क्रमण देखिएको केराबारीमा प्रयोग भएको आँैजार, सवारीसाधनको चक्का, मानिसको चपपल वा खुट्टाबाट पनि रोग सर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउनुपर्ने परिषद्का कृषि वैज्ञानिक खड्काले बताए।

रोगको सङ्क्रमणबाट बच्नको लागि बारीमा जाँदा हात र खुट्टामा प्लास्टिकको प्रयोग गर्ने, औजारको प्रयोग गर्दा सेनिटाइजरले निर्मुलिकरण गर्ने, सकेसम्म एउटा बारीमा गएको सवारीसाधनलाई अर्को बारीमा जानबाट रोक लगाउनेलगायत उपाय अपनाउन सकिने उनले बताए।

बर्खाको समयमा रोगको सङ्क्रमण देखिएकाले जोखिम बढी हुने खड्काले बताए। “यो रोग पानीबाट पनि सर्छ। केरा व्यापारी एक बारीबाट अर्को बारी आवतजावत गर्दा हिलोका कारण सङ्मणण थप फैलिन सक्छ”, उनले भने।

केरामा पानामा रोगको पुष्टि भएपछि सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कैलाश चौधरीलगायतको टोलीले पनि केही शङ्कास्पद केराबारीको अवलोकन गरेका थिए।

बिहिबार, भदौ ०७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

भर्खरै

  • १.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • २.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ५.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ७.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ८.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.