काठमाडौं– साताको पाँचाै दिन बिहीबार नेपाली बजारमा सुनचाँदीकाे भाउ आकाशिएकाे छ।
Advertisement
आज छापावाल सुन तोलामा ५ सयले बढेर १ लाख ११ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार छापावाल सुन तोलाकाे १ लाख १० हजार ६०० रुपैयाँमा काराेबार भएकाे थियाे।
आज तेजाबी सुन आज तोलामा १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियाे।
त्यसै गरी आज चाँदीको भाउ पनि बढेकाे छ। चाँदी आज ताेलामा ३५ रुपैयाँले बढेर १ हजार ४६० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी ताेलामा १ हजार ४२५ रुपैयाँमा काराेबार भएकाे थियाे।